
सुरेश राय -
सिरहा,१८पौष -
सिरहाको गोलबजारमा एक किराना पसलमा गएराती आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ ।
गोलबजार नगरपालिका वडा नम्बर ६ मा पर्ने पुजा जेनरल स्टोर एन्ड सुर्तीजन्य किराना पसल स्टोरमा आगलागी हुँदा लाखौं बराबरको धनमाल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी ईन्सपेक्टर संतोषकुमार राईले जानकारी दिए ।
पसलमा रहेको सामग्रीहरु रिचार्जकाड ,चाउचाउ,दालमोठ,मैदाको बोरा,तेलको टिना,गुटखा,चिनी,मुरहीको बोरा,चिउराको बोरा,दालको बोरा, आदि किराना पसलका बिभिनन सामग्रीहरु जलेर नस्ट भएको पसलका सन्चालिका सुनिता साहले जानकारी दिए ।
आगलागी कसरी भयो अहिले केही खुल्न नसकेको ईन्सपेक्टर राईले बताए । केहीदिनदेखि गोलबजारमा आगलगीकोे घटनामा वृद्धि हुँदै गएको देखिन्छ ।
आगो स्थानीयहरु र प्रहरीलको सहयोगमा निभाएको थियोे ।
Your email address will not be published. Required fields are marked *