
सिरहा-१४ पुस।
सप्तरीको शम्भु नाथ नगरपालिका स्थित पर्यटकीय स्थल शम्भु नाथ मन्दिर नजिक केशरी होटेलमा प्रदेश न.२ कै पहिलो पटक भरत फिल्म म्युजिक अवार्डको आयोजना गरिएको हो।
नयाँ वर्ष ( अङ्ग्रेजी वर्ष )२०२२ को शुभ आगमनको अवसरमा डिसेमबर ३१ तारीक पौष १६ गते शुक्रबारका दिन साझ ६:०० बजे देखि राती १२:०० बजे सम्म म्युजिक अवार्ड कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक निर्माता तथा कलाकार भरत शाहले जानकारी दिए ।
केसरी ग्रुप अफ कम्पनीको आयोजनामा पहिलो पटक यस्तो कार्यक्रम हुन गइरहेको यस भरत म्युजिक अवार्डमा भरत फिल्मका लागि योगदान दिएका मिथिलाका चर्चित कलाकारहरुलाइ अवार्डले सम्मानित गर्नुका साथै नयाँ वर्ष २०२२ लाई स्वागत तथा २०२१ लाई बिदाई सहित शुभकामना आदानप्रदान को कार्यक्रम समेत रहेको सयोजक शाहले बताए।
बिगत लामो समय देखि भरत फिल्मसलाइ आ-आफ्नो कलाकारीताले सहयोग गर्दै आइरहनु भएका कलाकारकर्मीहरुको योगदानको कदर गर्दै भरत म्युजिक अवार्डको आयोजना गरिएको हो।
साथै यसै कार्यक्रमलाई निरन्तरता दिदै प्रतेक वर्ष मिथिला कलाकर्मिहरुको कलाको सम्मान गर्दै मिथिलाको विभिन्न स्थानहरुमा भरत म्युजिक अवार्डको आयोजना गरीने योजना समेत रहेको बताए ।
भरत फिल्म म्युजिकल अवार्ड कार्यक्रममा सम्मानित हुनेहरु :-
1.Best Singer of the year.
2.Best lyrics of the year.
3.Best Music director of the year.
Your email address will not be published. Required fields are marked *