सिरहा:लोडरले किच्दा एक बालकको मृत्यु

  • star khabar
  • ४ महिना अगाडि
  • १४ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा-मंसिर २५ ।
सिरहाको धनगढीमाई ९ मुसहर्निया स्थित महेन्द्र राजमार्गको दक्षिणी छेउमा खेलिरहेको ३ बालकमध्ये १ बालकलाइ लोडरले किच्दा घटनास्थलमै मृत्यु भएको छ ।

आज(शनिबार ) करिब ४ बजेको समयमा उक्त ठाउँमा सडकमा काम गरिरहेका चाइनिज कम्पनीको लोडरले किच्दा स्थानिय संजीव मोक्तानको ९ वर्षिय छोरा सिद्धार्थ मोक्तानको ज्यान गएको प्रहरीले जनाएको छ ।

करिब १ घण्टा अवरुद्ध भएको राजमार्ग ईलाका प्रहरी कार्यालय लहानका डिएसपी तपण दाहालले कानूनी कारवाही अगाडि बढाउने जनाएपछि अवरुद्ध राजमार्ग ५:३० बजे खुलेको छ भने शवलाई पोष्टमार्टमका लागि लहान अस्पताल लागिएको स्थानीयलाई उदृद् गर्दै प्रहरीले जनाएको छ । चालक घटना लगतै फरार रहेको छ भने खोजी कार्य जारी रहेको बुझिएको छ ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *