मधेशबाट दिनेश यादव र समिम पठान बाल संगठनको केन्द्रीय सदस्यमा चयन2

top-news
  • star khabar
  • ४ महिना अगाडि
  • १,०५६ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

फाल्गुन-२५ सिरहा।
शशि मंडल।

नेपाल बाल संगठनको चालु महाधिवेशनबाट मधेश प्रदेशका दिनेश कुमार यादव केन्द्रीय सदस्यमा चयन भएका छन्। फागुन २५ गते काठमाडौँको बालमन्दिर, नक्सालमा सम्पन्न केन्द्रीय सभाको महाधिवेशनबाट यादव केन्द्रीय सदस्यमा चयन भएका हुन्।
उक्त महाधिवेशनबाट मधेश प्रदेशबाटै समिम बाबु पठान पनि केन्द्रीय सदस्यमा चयन भएका छन्। महाधिवेशनले विद्या उपाध्याय न्यौपानेलाई सर्वसम्मत रूपमा केन्द्रीय अध्यक्षमा चयन गरेको छ।
संस्थाको विधानअनुसार देशका सातै प्रदेशबाट दुई–दुई जना केन्द्रीय सदस्य तथा एक जना अध्यक्ष रहने गरी केन्द्रीय सभा गठन गरिन्छ। सोही प्रावधानअनुसार अध्यक्ष तथा केन्द्रीय सदस्यहरू चयन गरिएको हो।
निर्वाचन समितिबाट शपथग्रहण कार्यक्रम सम्पन्न भएको थियो। सो अवसरमा नवनिर्वाचित अध्यक्ष न्यौपानेले केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराउँदै प्रमाणपत्र वितरण गरेकी थिइन्।
महाधिवेशनले संस्थाका पछिल्ला गतिविधिहरूको समीक्षा गर्दै विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। बालबालिकाको हितमा केन्द्रित भएर काम गर्ने उद्देश्यले राष्ट्रिय निर्देशन ऐन २०१८ बमोजिम २०२१ सालमा स्थापना भएको नेपाल बाल संगठनले देशभर केन्द्र तथा जिल्ला तहमा बालमन्दिर र बालगृह सञ्चालन गर्दै आएको छ।

बालबालिकाको पालनपोषण, शिक्षा–दीक्षा तथा संरक्षणका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको संगठनले आगामी दिनमा पनि बालअधिकार र बालकल्याणका क्षेत्रमा सक्रिय भूमिका खेल्ने केन्द्रीय सदस्य दिनेश कुमार यादवले बताएका छन्।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *