सिरहा:"घरै देखी शुरु गरौं, महिला विरुद्धको हिंसा अन्त्य गरौं"नाराका साथ बिष्णुपुरमा र ्यालि तथा अन्त

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

स्टार खबर
मंसिर -११सिरहा।

"घरै देखी शुरु गरौं, महिला विरुद्धको हिंसा अन्त्य गरौं"नाराका साथ शुक्रबार सिरहाको बिष्णुपुर गाउँपालिकामा ३० औं अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिवसीय अभियान अन्तरगत बिष्णुपुर बजार भरी र ्याली गरी अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

बिष्णुपुर गाउँपालिकाको आयोजना तथा ओरेक परियोजना सिरहा तथा महिला सशक्तीकरण संस्था बिष्णुपुरको सहकार्यमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाको विभिन्न वडाहरुमा रहेको महिला संजाल,वडा प्रतिनिधि ,वडा अध्यक्ष ईलाका प्रहरी कार्यलय बिष्णुपुरका प्रहरी र विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

महिलाहिंसा कम गर्न हामीहरु आ आफ्नो ठाँउ बाट जिम्मेवार बन्नुपर्छ गाउँ गाउँ टोल टोलमा गएर सचेतना गराउनु पर्छ हरेक काममा महिलाहरुलाइ पनि सहयोग गर्नु पर्छ बिष्णुपुर गाउँपालिका १ का वडाअध्यक्ष गोपिन्द्र यादवले मन्तव्य राखेका थिए ।

कार्यक्रम ओरेक नेपाल सिरहा कि शर्मिला निरौलाको संयोजकत्वमा सम्पन्न भएको
थियोे ।कार्यक्रममा महिला सशक्तीकरण संस्था बिष्णुपुरकि अध्यक्ष बबिता मिश्र लगायत राम कुमार यादव ,इन्सेक नेपाल बिष्णुपुर सिरहाकि महिला अधिकार उपाध्यक्ष ममता कुमारी यादव , शुकृता यादव,गुलाब देबि यादवको प्रमुख भुमिका रहेको थियो ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *