सिरहा मिथिला क्षेत्र कला सस्कृतिमा निकै उर्भर भुमि हो । यहि क्षेत्रबाट उदाएर नेपालि मुलधारको कलाकर्ममा पनि थुप्रै कलाकारहरुले राज गरिरेहेका छन। यहि क्रममा मिथिला क्षेत्रको अपार माया समेटिएको एक गीत "मिथिला हमर जान"को भिडियो निर्माणको कार्य सम्पन्न भएको छ।
मनोज भोले यादब र शशि झा को आवाज रहेको गीतको भिडियो पुस १३ मा रिलिज हुदै छ। भरत फिल्म्सले निर्माण गरेको गीतको भिडियोलाई संजय शाहले निर्देशन गरेका हुन्। समिर खानको शब्द तथा संगीत रहेको गीतमा मिथिला क्षेत्रका चर्चित कलाकारहरु भरत शाह, प्रकाश सुबेदी ,लक्ष्मण मण्डल, राम सरोज यादब , दिनेश महर ,बिट्टु दास,कृष्ण कुमार मह्तो ,दिनेश सिंह ,सरोज संत,शशि झा, राजीव संगम ,मनोज भोले यादव लगायतको कलाकारहरुको अभिनय रहॆको छ।
अंग्रेजी नया बर्षलाई लक्षित गरि तयार गरिएको गीतको भिडियो जनकपुर को मसाला कॉटेजमा नया साल को शुभकामना आदान प्रदान संगै विमोचन कार्यक्रम धूम धाम तरिकाले बिहान 10 बजे मसला कटेजमा हुने निर्माता समीर खानले जानकारी दिएका छन्।
Your email address will not be published. Required fields are marked *