स्टार खबर
सिरहा,३० कार्तिक ।

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले बालविकास केन्द्रहरुमा कार्यरत सहजकर्ताको एकद्वार प्रणालीबाट तलब व्यवस्थापनका लागि प्रयास गरिने बताएकी छन् ।
स्थानीय तहमा कार्यरत शिक्षा शाखा प्रमुख तथा जनप्रतिनिधिहरुलाई शैक्षिक नीति बारे दुई दिने कार्यशालाको उद्घाटन समारोहमा बोल्दै त्यस्तो कुरा बताइन् ।

निर्धारण गरिएको मापदण्ड अनुसार केन्द्र तलबको निकासा दिने र स्थानीय तहबाट दिइनु पर्ने थप रकम नदिने गरेको गुनासो आएको उनले बताइन् । उनका अनुसार तलबमा एकरुपता नहुनाले शैक्षिक क्रियालापमा असर पार्ने भएकोले त्यसलाई सच्चयाउनका लागि बालविकास केन्द्रहरुमा कार्यरत सहजकर्ताहरुको तलब कुनै एकैठाउँबाट दिने गरि प्रयास गर्ने छु ।
सिरहा जिल्लाको अधिकतर पालिकाहरुमा दरबन्दी मिलान भइसक्नु राम्रो पक्षभएको बताउदै उनले बाँकी पालिकामा पनि दरबन्दी मिलान छिटै होस र सिरहा जिल्लामा शैक्षिक क्रियाकलापमा प्रभावकारी प्रयासहरु गरिनु पर्ने थपिन् । शैक्षिक सुधारका लागि गरिने हरेक क्रियाकलापमा आफ्ने सहयोग रह्ने उनले प्रतिबद्धता समेत जनाइन् ।

जिल्लाको धनगढिमाई नगरपालिकामा शैक्षिकगतिविधिलाई केन्द्रित गरेर गरिएका प्रयास बारे अरु पालिकाले अनुसरण गरियो भने सिरहा जिल्लाको शिक्षा क्षेत्रमा सुधार आउने जिल्ला समन्वय समिति सिरहाका सभापति तथा उद्घाटन समारोहका अध्यक्ष रामचन्द्र ठाकुरले बताए । शिक्षा पाठ्यक्रममा मातृभाषलाई समावेश नगरिएका कारण शिक्षाको स्तरीयतामा कमी आएकोले मातृ भाषालाई शिक्षाको पाठ्यक्रममा समावेश गरिनु पर्ने उनले माग गरे । उनका अनुसार जिल्ला समन्वय समितिले पनि आउने दिनमा मातृ भाषालाई शिक्षाको पाठ्क्रममा समावेश गर्न जोडदार पहल गर्ने छन् ।
सिरहा जिल्लाको शैक्षिक सुधारका लागि आफुबाट हुने हरेक खाले प्रयास समन्वय गर्न तयार रहेको शिक्षाविकास तथा समन्वय इकाई सिरहाका प्रमुख शशि कुमार यादवले बताए । शैक्षिक सुधारसँग जोडेर पालिकाहरुले गर्ने कार्यहरुलाई सफलता प्राप्तीका लागि आफु कानूनले मिल्ने सहयोग गर्न तयार रहेको उनले थपे ।
जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुरको अध्यक्षतामा भएको उद्घटन समारोह प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल लगायतले जिल्लाको शैक्षिकगतिविधिलाई जोडेर आ–आफ्नो बिचार व्यक्त गरे । कार्यशालामा १७ वटै स्थानीय तहमा कार्यरत शिक्षा शाखाका प्रमुख र वडाध्यक्षहरुको सहभागीता रहेको हो ।
Your email address will not be published. Required fields are marked *