सिरहा: विष्णुपुर गाउँपालिका - ३ मा नेपाली काङ्ग्रेसको वडा समिती गठन

  • star khabar
  • ४ महिना अगाडि
  • १५ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

स्टार खबर
सिरहा २८, कार्तिक

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्बर - ३ मा शनिबार नेपाली काङ्ग्रेसको वडा समिति निर्विरोध रुपमा चयन भएको छ ।

नवगठित समितिहरुको वडा सभापतिमा अरुण कुमार यादवको नेतृत्वमा १५ सदस्य नयाँ कार्यसमिती बिस्तार भएको हो ।

नवगठित समितीको उप- सभापतिमा रामकिसोर साफि , रामपुजन यादव , सचीवमा सन्तोष यादव , सह सचीवमा रामएकवाल यादव, दिपेन्द्र दास कोषाध्यक्ष बबिता कुमारी सदस्यहरुमा बुधे यादव लगायत १५ सदस्य समिती चयन भएको नवगठित समितीका सभापति अरुण कुमार यादवले जानकारी दिए।

समितीहरुले एक आपसमा सफल कार्यकालका लागि शुभकामना आदानप्रदान समेत गरेका थिए ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *