नवजागरन कृषि सहकारी संस्था को तेस्रो बार्षिक साधारण सभा समपन्न

  • star khabar
  • ४ महिना अगाडि
  • १६ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

स्टार खबर
सिरहा -कार्तिक २७

नवजागरण कृषि सहकारी संस्था लि. बिष्णुपुर गा.पा.४ थल्हाको तेस्रो बार्षिक साधारण सभा समपन्न भएको छ।

तेस्रो बार्षिक साधारण सभा शुक्रबार(कार्तिक -२६) बिष्णुपुर गाउँपालिकाको थल्हामा संस्थाले आयोजना गरेको कार्यक्रममा संस्थाको वार्सिक आयब्य्य प्रस्तुत गरेका थिए ।

नव जागरण कृषि सहकारीको बारेमा:

सहकारी क्षेत्रमा अग्र स्थानमा रहेको यस संस्थाको व्यवस्थापन पक्ष निकै बलियो छ । केही समयदेखि बैकिङ्ग क्षेत्रमा कार्य गरि सकेका दक्ष र अनुभवी व्यक्तिहरुवाट संचालित यस संस्थाले सामाजिक र आर्थिक सवलीकरणका लागी विभिन्न किसिमका सेवामुलक कामहरु गर्दै आएको छ ।

संस्थाले आफ्नो सदस्यहरुलाई बिबिध व्यापार, व्यवासाय संचालन गर्न धन जमानत अथवा धितोको आधारमा उचित तथा संभावित परियोजना संचालनार्थ सरल व्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ ।
संस्थाले छरिएर रहेका स साना रकमलाई सहकारीको माध्यमबाट बचत गर्ने बानी बसाली त्यस्ता रकमलाई आय आर्जन गर्ने क्षेत्रमा लगानी गरि आफ्ना सदस्यहरुको आर्थिक बिकासमा टेबा पुर्याउने मुख्य उद्देशका साथ सहकारी सन्चालनमा रहेको संस्थाका व्यवस्थापन समितिहरुले बताए।

कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष प्रमुख अतिथी बिष्णुपुर गा.पा वडा न.४ का वडा अध्यक्ष राजकुमार यादव विशिष्ट अतिथिमा जिल्ला सहकारी तथा साना परियोजना कार्यालय सिरहा ,लहानका प्रबन्धक श्री उपेन्द्र साह, दूध विकास समिति विराटनगरका प्रबन्धक गणेश कु.यादव,संस्था का सेयर धनि,सन्चालक सदस्य,साधारण सद्स्य,स्थानीय महिला,पत्रकार लगायत सरोकार बाल निकायहरुको उपस्थितमा कार्यक्रम समपन्न भएको थियोे ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *