
स्टार खबर
सिरहा -२७ कार्तिक
श्री मा काली साना किसान कृषि सहकारी संस्था लि.सिरहा ना.पा.१५ सुखचैनाको को दोस्रो बार्षिक साधारण सभा समपन्न भएका छन ।
आज सिरहाको माडरमा संस्थाले आयोजना गरेको कार्यक्रममा आफ्नो आयब्य्य प्रस्तुत गर्दै सफलताका साथ समपन्न गरेका छन ।

गत आब ०८८/०७८ संस्थाको कुल पूंजी तथा दायित्व २ करोड १६ लाख १९ हजार ४ सय ९९ रहेको संस्थाका साखा प्रबन्धक कुलदिप यादबले प्रस्तुत गरेका छन ।
उनले यस संस्थाको सेयर पूंजी ३१ लाख ४ हजार,जगेडा तथा कोषहरु ७ लाख ९४ हजार ९ सय ९७,तिर्न बाकी कर्जा ९८ लाख ६१ हजार ९० रुपैयाँ,निक्षेप हिसाब ७३ लाख ५८ हजार ६ सय ९१,जोखिम ब्य्बस्था कोष २ लाख ११ हजार ७ सय ९२ र अन्य दायित्व तथा ब्यबस्थाहरु २ लाख ८८ हजार ९ सय २८ रहेको बताए ।

संस्थाले छरिएर रहेका स साना रकमलाई सहकारीको माध्यमबाट बचत गर्ने बानी बसाली त्यस्ता रकमलाई आय आर्जन गर्ने श्रेत्रमा लगानी गरि आफ्ना सदस्यहरुको आर्थिक बिकासमा टेबा पुर्याउने मुख्य उद्देशका साथ सहकारी सन्चालनमा रहेको संस्थाका अध्यक्ष सीता देबि यादबले बताइन ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा सिरहा नगरपालिकाका मेयर असेस्वर यादब,विशिष्ट अतिथिमा साना किसान सहकारी संस्थाका ईलाका कार्यालय बर्दिबासका राज कुमार यादब,साना किसान सितापुरका अध्यक्ष नन्द किसोर चौधरि र अतिथीहरुमा साना किसान बिष्णुपुरका प्रबन्धक उपेन्द्र यादब,मन्तोरिया देबि मण्डल,राम चन्द्र यादब,सेयर धनि,सन्चालक सदस्य,साधारण सद्स्य,स्थानीय महिला,ससत्र प्रहरी माडर का इन्स्पेकटर लोकनाथ उप्रेथी,पत्रकार लगायत सरोकार बाल निकायहरुको उपस्थितमा कार्यक्रम समपन्न भएका छन ।
Your email address will not be published. Required fields are marked *