
स्टार खबर
सिरहा- कार्तिक २५ गते बिहीबार ।
अवैध लागू औषध (नाईट्रोभेट) सहित मानिस नियन्त्रणमा लिएको छ ।
जिल्ला सिरहा भगवानपुर गाउँपालिका वडा नं. ४ स्थित प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठाडीबाट खटिएको संयुक्त चेकिङ प्रहरी टोलिले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको जिल्ला सिरहा लहान नगरपालिका वडा नं. १९ बस्ने अ.बर्ष २१ को प्रेम मण्डललाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट अबैध लागू औषध नाईट्रोभेट ५ पत्ता (७५ ट्यावलेट पिस) सहित निज मानिसलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहानबाट थप अनुसन्धान कार्य भईरहेको ।.अवैध लागू औषध सहित मानिस नियन्त्रणमाः–
मिति २०७८।०७।२५ गते विहान अं.०५ः०० बजेको समयमा जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं. ४ स्थितमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले ऐ.ऐ. बस्ने अं.बर्ष २८ को अनिथा महरा आँपको बगैचामा घुमफिर गरिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट लागू औषध गाँजा अं.१०० ग्राम र नाईट्रोभेट १० लेखेको ट्यावलेट ५ पत्ता (५ह३०) १५० पिस सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट थप अनुसन्धान कार्य भईरहेको ।
Your email address will not be published. Required fields are marked *