सिरहा:सगरमाथा उ.मा.वि.ले बिश्व शहरीकरण दिवस मनाए

  • star khabar
  • ४ महिना अगाडि
  • १५ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

स्टार खबर
कार्तिक १५ गते ।

सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा संंचालित सगरमाथा माध्यमिक बिधालयको तर्फवाट बिभिन्न मिडियामा आवद्ध रहेका क्रियाशिल पत्रकारहरुलाई स्वागत तथा सम्मान गरेकोछ ।

विश्व शहरीकरण दिवसको पुनित अवसरमा स्थानिय सक्रिय पत्रकारहरुलाई भव्य र सभ्य रुपमा स्कुलले आफनै सभाहलमा सम्पन्न गरेको छ । आजको कार्यक्रममा यस बिधालयका बिधार्थीहरुले २१ सौ शताब्धीको पठन पाठनको सिकाई उपलब्धिको पठन–पाठनको सिकाई उपलब्धिलाई क्mबचत ीभबचलष्लन माध्यमवाट खोज सिक र गर आजको शैक्षिक सिकाई दरिलो र स्थाई बिकासवाट राष्ट्रको शिक्षा अगाडी बढाउने कुरा दर्शाईएको छ ।

बिशेष गरी मिर्चैया नगरपालिकाको मेयरको कार्यकालमा भएका कार्यहरुको प्रशंसा र आउने दिनमा मिर्चैयाको बड्दो शहरीकरणवाट थुर्पै चनौतीहरु र सम्भावना देखिएको कुरा छात्र÷छात्राहरुको खोजमूलक तस्विरवाट बुझिने भएको छ ।

शिक्षा सम्वन्धमा प्रदेश नं.२ मा देखिएका सामुदायिक र संस्थागत विधालयका थुर्पै कमिकमजोरीहरु देखेकोले सगरमाथा मा.वि.मिर्चैयाले ३० वटा बुँदाहरुमा पत्रकारहरुसँग छलफल गर्नु भएको छ ।
प्रदेश २ का मुख्य शैक्षिक समस्याः–
१. अधिकांश सामुदायिकक विधालय फोहर र र्दुन्धित छन । बिधार्थीहरुमा सरसफाई गर्नुपर्छ भने चेतना छैन । शिक्षकले चासो दिएको देखिन्न ।
२. ९० प्रतिशतभन्दा धेरै प्र.अ.एक्काइसौ शताव्दीको बिधालय नेतृत्व गर्न असक्षम छन् । उनीहरुमा विधालय कसरी संचालन गर्ने भन्ने नेतृत्व सीपको कमी देखिन्छ ।
३. शिक्षक आफनो कामप्रति जिम्मेवारी छैनन । बिधार्थीको सिकाई अत्यन्त कमजोर छ । कतिपय कक्षा ८,९र १० का बिधार्थीले पनि राम्रोसँग पढ्न जान्दैन्न ।
४. अभिभावक सचेतना कार्यक्रममा राज्यले ध्यान दिएको छैन । अभिभावक सचेत र जागरुक छैनन् भने विधालयको सुधार हुन सक्दैन । राज्यले ठूलो रकम अभिभावक शिक्षामा लगानी गर्नु पर्दछ ।
५. विधालयको शौचालय ठीक अवस्थामा छैन । छात्रा विधार्थीले यही बहानामा ठूलो कक्षामा पुगेपछि विधालय छोडने गरेका छन् ।
६. अत्यधिक संख्यामा विधार्थीले नाम सरकारी स्कुलमा लेखाएर पढ्न भने निजी विधालय जाने गरेका छन् । सरकारले जारी गरेको विभेदपूर्ण छात्रावृतिको नीतिका कारण यसो भएको हो ।
७. प्रदेश २ मा धेरै संख्यामा मदर्शा रहेका छन् । ती अत्यन्त अस्तव्यस्त र दयनीय अवस्थामा चलेका छन् । राज्यले ती मदर्शाको व्यवस्थापनमा कार्यबिधि बनाउने बाहेक केही गर्न सकेको छैन । त्यहाँ पढने बालबालिका माथि ठूलो अन्याय चएको छ ।
८. शिक्षक सरुवा तथा नियक्तिमा ठूलो आर्थिक चलखेल हुने गरेको छ । प्र.अ.तथा व्यवस्थापन समिती अध्यक्ष आफैले दशौ लाख रुपैया सम्म घु खाने समस्या समाचारमा आउने गरेका छन् ।
९. सामुदायिक विधालयका शिक्षकले निजी बिधालयमा लानी गर्ने र आफू कार्यरत विधालय बिधालय ध्वस्त वनाउने गरेको देखिएको छ ।
१० निःशुल्क शिक्षा भनिए पनि सामुदायिक बिधालयले अग्रेजी माध्यमको नाममा अतिरिक्त शुल्क लिने गरेका छन् । एउटै गेटभित्र अंग्रजी र नेपाली माध्यम भनेर बिधार्थी माथि विभेद गर्ने गरेका छन् । यसरी शुल्क तिर्न नसक्ने विधार्थी सामुदायिक विधालयमा पनि पढन नसक्ने अवस्था सिर्जना भएको छ ।
११. बिधालयमा अति आबश्यक सामग्री अभाव छ । टेलिफोन, ईन्टरनेट जस्ता अति आबश्यक सामग्री पनि विधालयमा उपलब्ध छैनन् ।
१२. सामुदायिक विधालयको सम्पतिको दुरुपयोग भएको छ । विवाह, भोज लगायतका गतिविधिमा पठनपाठन बन्द गरेर नै हुने गरेका छन् । कतिपय बिधालयका भवन गाई भैसी पाल्न प्रयोग भएको पनि छन ।
१३. जिम्मेवार शिक्षकलाई सम्मान गर्ने र गैर जिम्मेवार शिक्षकलाई कारवाही गर्न सक्ने अवस्था कानुनमा छैन । प्र.अ.को त कुरै छोडौ, शिक्षामन्त्रीले पनि स्थायी शिक्षकलाई कारवाही गर्न सक्दैनन ।
१४. शिक्षक खुलेआम राजनितीमा लागेका छन । विभिन्न राजनीतिक दलको कार्यकारीणी सदस्य बनेको पाईए शिक्षकको जागिर जान्छ ।
१५. शिक्षक खुलेआम दलको झण्डा बोकेर बिधालय प्रवेश गर्दा पनि कारवाही हुन सकेको छैन ।
१६. स्थानीय तहले यही ढंगवाट शिक्षा सुधार गर्न सक्दैनन । शिक्षाशाखामा पर्याप्त कर्मचारी छैन । भएको जनशक्तिले विधालयको निरिक्षण भ्रमण गर्न सकेको छैन । जनप्रतिनिधीले आफू अनुकुल नियम कानुन कुल्चिएर शिक्षाको सरुवा तथा नियुक्ति गर्दा असक्षम व्यक्तिले पनि शिक्षकमा नियुक्ति पाएका छन् ।
१७. राज्यले निजी बिधालयलाई हेर्ने दृष्टि नकारात्मक देखिएको छ । नजी विधालयले शिक्षाको गरिमा बढाएका छन् । निजी बिधालयलाई प्रोत्साहन गर्नु पर्नेमा उल्टै निराश बनाउने काम भएको छ ।
१८. नेपालको प्रदेश नं.२ मा संचालित निजी बिधालयहरुमा न्यून शूल्कमा सवै समुदायका छात्र÷छात्राहरु पूण छात्रबृति, अर्ध छात्रबृति र १० प्रतिशत छात्रबृतिमा पठनपाठन भएको छ तर ती छात्रबृतिमा पठनपाठन भएका मेद्यावी छात्र÷छात्राहरु सरकारी छात्रबृतिवाट वञ्चित गरिएको छ ।
१९. बिधालयमा विधार्थीहरुको नामांकन गर्ने पठन–पाठन निजी बिधालयमा गराएर नमूना विधालय भनि पुरस्कार थप्ने नक्कली सर्टिफिकेट कति दिन बिधार्थीहरु भयभित भई चोरवाटो जाने प्रबृतिलाई निषेध गर्नुपर्छ ।
२०. खाजा भता, साकल, तेल,हलुवा वितरण गरेर निःशुल्क शिक्षाको नाममा देखिएको अध्यारो वाटोवाट गुणात्मक शिक्षा सम्भव छैन ।
२१. शिक्षक कर्मचारीले कुनै पनि राजनितिक पार्टीको झण्डा बोकेर स्कुलहरुमा राजनिती गर्नुहुदैन ।
२२. स्वास्थ्य र शिक्षामा अधिकतम वजेट बिनियाजन गरिनु पर्दछ ।
२३. शिक्षालाई प्रदेश स्तरी प्राज्ञिकहरुद्धारा संचालन गर्ने प्रणालीको बिकास गर्नु पर्दछ ।
२४. कुनै पनि बन्द हडतालमा छात्र÷छात्राहरु पढने बिधालय, बिधालयका वस र एम्वुलेन्स बन्द गर्नु हुदैन ।
२५. विधालय अनुगमन नियमित प्रदेश स्तरिय विज्ञयहरुद्धारा गराउनु पर्दछ ।
२६. नगर परीषद् प्रदेश सभामा निजी संस्थाका प्राज्ञिक शैक्षिक व्यक्तिहरुलाई छुटै वेन्च दिनु पर्छ ।
२७. गुणात्मक शिक्षाका ला िनिजी तथा सामुदायिक साझेदारी नीति तयार गर्नु पर्छ ।
२८. निजी लगानीमा प्राविधिक भोकेशनल उद्योगहरु दर्ता गर्ने ऐन निर्माण गर्नुपर्ने तर नभएकोले २१ सौ शताव्धीको चुनौती र सम्भावनाहरुलाई अगाडी बढाउन अवरोध भएको छ ।
२९. लोकलाईजेशनको प्रयोगग गर्दै ल्गावलाइजेशन प्रतिस्पर्धामा मोडेल स्कुल निर्माण गर्नु क्ष्त लाई अगाडी बढाउनु आजको आवश्यकता हो ।
३०. अपाङ्ग, बहिरासंघ बिधालयहरु यस जिल्लामा संचालित रहेकोले सरोकारवाला त्यहाँ पनि ध्यान पुगोस् भन्ने कामना गर्दछु ।
माथिका यी बुँदाहरुमा सगरमाथा मा.वि.मिर्चैयाका प्राचार्य प्रदिप कुमार तिवारीले सिरहा जिल्लाका पत्रकारहरु र सो बिधालयका बिधार्थी बिच बृहत छलफल भएको छ । यी बुन्दाहरुको छलफलपछी प्रमुख अतिथिः श्रवण यादवले भने मिर्चैयालाई स्मार्ट सिटी बनाउन म आफनै कार्यकालमा पानि जम्ने समस्या , रोडका सास्या, फोहर व्यवस्थापन जस्ता मुख्य समस्याहरुलाई समाधान गर्ने प्रतिवद्धता गरे । यो छलफल कार्यक्रममा मेयर साहेवलाई मिर्चैयाको अवस्थाहरु अवगत गराउँदा मेयरले भने मेरो प्रयास जारी नै छ । जनता सर्वपरी हो जनताको चाहनालाई परिपूर्ती गर्न म बजेट ल्याउने र निकासा गर्ने जस्ता कार्यमा पछि नहटने कुरा प्रष्टयाएको छ ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *