स्टार खबर
कार्तिक -८,सिरहा ।

सिरहाको बिष्णुपुर गाउँपालिकाको पशु सेवा शाखा र कृषि बिकाश शाखा कार्यलयमा आइतबार राती चोरी भएको हो।
कार्यलयमा राती कोइ न भएको मौका छोपी कार्यलयको मेन ढोकाको ताल्चा तोरि कार्यालयभित्रको ढोका फुटाइ अज्ञात व्यक्तिको समुहले चोरी गरेको प्रहरीले जनाएको छ।

कार्यालयको पशु सेवा शाखाबाट १ वटा ल्यापटप,
तीनवटा पेन डराइभ, कार्यलयको महत्त्व पुर्ण कागज पत्रहरु,विभिन्न बैंकको ब्ल्याक चेक बुक चोरी भएको हो। साथै कृषि बिकास शाखाको समेत डेस्क टप,कि- बोर्ड ,माउस लगायतका समानहरु चोरी भएको बिष्णुपुर पशु सेवा शाखाका प्रमुख राम दयाल यादवले जानकारी दिए ।
कार्यलय बिष्णुपुर बजारबाट भित्र भागमा सुन्सान ठाँउमा भएकोले त्यहा खासै मानिसको आवतजावत पनि नरेको साथै सि सि क्यामेरा समेत जडान न भएको कारणले चोरी हुने सम्भाव्ना रहेको बिष्णुपुर गाउँपालिका वडा२ का अध्यक्ष रामइस्वर यादव ले बताए ।
सरकारी कार्यलयमा कस्ले चोरी गरेको हो यस्तो व्यक्तिहरुको खोज तलास भइ रहेको प्रहरीले जनाएको छ।
Your email address will not be published. Required fields are marked *