स्टार खबर
कार्तिक -१सिरहा।

स्व .गायक गुरुशरण सदाको शब्द संगीत र गायिका शान्ति सदाको स्वर मा रहेको "बैँस छ्दा" गीत को म्युजिक भिडियोको बिमोचन गोलबजारको सभा हलमा सम्पन्न भएको थियोे ।

उक्त कार्यक्रममा सामाजिक राजनीतिक अभियन्ता एवं वरिष्ठ पत्रकार रामरिझन यादवले गायक, लेखक तथा संगितकार स्व. गुरुशरण सदाको पत्नी शान्ति सदाले शोकलाई शक्तिमा बदलिदै अगाडि बढ्न र समाजलाई नमुना भएर देखाइदिन अनुरोध गरेका छन् ।

शान्ति सदाले आफ्नो खुट्टामा उभेर सामाजिक रुपान्तरणको लागि साहस देखाउने समय आईसकेको बताए । जसपा नेपालका नेता समेत रहेको रामरिझन यादवले गायक, लेखक तथा संगितकार स्व.गुरुशरण सदाको शब्द संगितमा रहेको अन्तिम रचना “वैंस छदा” गीतको म्युजिक भिडियो बिमोचन कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै अभियन्ता यादवले बताए ।

उनले भने मैथिलीबासी भएर पनि आफ्नो मातृभाषामा गीत नगाएर नेपाली भाषामा यति राम्रो गीत गाउन सकेकोमा आश्चर्य लागेको छ । हामी पहिला मधेसी हुँ, त्यसपछि मात्र नेपाली हुँ । पूर्ण मधेसी भएपनि नेपाली बन्ने प्रयास गरिएको हो भने ।
गुरुशरणको बारेमा डकुमेन्ट्री र स्मृतीग्रन्थ प्रकाशन गर्नमा गोलबजार नगरपालिकाका मेयर देवनाथ साहलार्ई सहयोग गर्न आग्रह गरे । विधवा भएर पनि शान्ति सदाले समाजलाई नमुना भएर देखाईदिएको साहासको लागि धन्यवाद र “बैस छदा” म्युजिक भिडियोमा काम गर्ने सबैलाइ शुभकामना पनि दिए ।
Your email address will not be published. Required fields are marked *