स्टार खबर
सिरहा - २३ असोज ।

नेपाली काग्रेसका सिरहा सभापती तथा संविधान सभासदस्य रामचन्द्र यादवले स्थानीय तहमा हुने अनियमिता विरुद्ध पत्रकारहरुले खुलेर कलम चलाउने बेला भएको बताएका छन।
शनिबार आफ्नै निवास धनगढीमाई नपा १० जिरोमाईलमा आयोजित दशैं शुभकामना आदान–प्रदान कार्यक्रममा नेता यादवले स्थानिय तहमा भ्रस्टाचारले सीमा नाघेको भन्दै त्यसको विरुद्ध पत्रकारहरुको कलम चल्नु पर्ने बताएको हो ।

उनले जुनसुकै दलले जितेकोभएपनि स्थानीय तहले गरेको अनियमिततालाई सञ्चार माध्यममार्फत उजागर गरे भोलिका दिनमा न्यूनिकरण हुने विश्वास व्यक्त गरे । उनलेभने, ‘मेरै पार्टी वा म नै किन नहोस्, भ्रष्टचारको विरुद्धमा तपाईहरु कलम चलाउनुहोस्, म र मेराेपाटि तपाईहरुको साथमा रहनेबताएका छन।
कार्यक्रममा जिल्ला भरिका पत्रकार हरुको सहभागिता रहेको थियोे ।’

सोही क्रममा आसन्न १४ महाअधिवेन अन्तर्गत जिल्लाका सवै कार्यक्रमहरु दशैं लगतैबाट सुरु हुने सभापती यादवले बताए । उनले जिल्लाको क्रियाशिल सदस्य डुङ्गो लागिसकेको भन्दै दशैंको एक दुई दिन पछिबाटै वडा, स्थानीय तह र जिल्लाको निर्वाचन प्रकृया सुरुहुने बताए । उनले जिल्लामा ११ हजार क्रियाशिल सदस्य रहेको जानकारी दिए ।

सभापति यादवले यो अधिवेनमा सर्वसम्मत सभापतिम चयन हुने त्यो आफूनै भएको विश्वास व्यक्त गरे । सञ्चारकर्मीले तपाई यो पटकको उमेद्वार हो की होइन ? भन्ने प्रश्नमा उनले भने, ‘अहिले म आफै सभापती छु, अभिवेशनले पनि मलाई नै छान्नेमा म ढुक्क छु, त्यसैले उम्मेदवारी घोषणा गर्नुको अर्थ छैन ।’
Your email address will not be published. Required fields are marked *