सिरहाको धनगढीमाई नगरपालिकामै नागरिकता वितरण

  • star khabar
  • ४ महिना अगाडि
  • २४ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

स्टार खबर
सिरहा,असोज २ गते ।

नगरवासीहरुको सर्वसुलभ तरिकाले नागरिकता दिने उद्देश्यले धनगढीमाई नगरपालिका सिरहाले आज स्थानीय स्तरमै नागरिकता टोली ल्याएर नागरिकता वितरण गरिंएको छ ।


गाउँ टोलमै नागरिकता टोली आएपछि स्थानीयहरु हर्शउल्लासमय सहभागिताबाट नागरिकता प्राप्त गरिरहेका छन् । यद्यपि एक दिनमै विविध कारणले नागरिकता लिनबाट छुटेका सबैले पाउन नसक्ने स्थानीयहरुको गुनासो रहेको छ ।

नगरपालिकाको आयोजनामा संचालित एक दिने नागरिकता टोलीबाट पाँच सय बढी नगरवासीको सनाखत भइसकेको नगरपालिकाले जनाएको छ । सनाखत भएका सबैलाई भोलि अर्थात् असोज ३ गते नागरिकता वितरण गरिने जिल्ला प्रशासन कार्यालय, सिरहाले जनाएको छ ।

चौध वटा वडा रहेको नगर क्षेत्रभित्रका मुख्यतः दलित, विपन्न, असक्त भएका व्यक्तिहरुलाई विशेष प्राथमिकतामा राखेर नागरिकता टोली ल्याइए पनि विविध कारणले नागरिकता लिन छुटेका सबैले नागरिकता लिन इच्छाएपछि सबैले आजै नागरिकता पाउन मुश्किल रहेको नगरप्रमुख हरिनारायण चौधरीले वताउनुभयो ।

यद्यपि अर्को समय मिलाएर भए पनि नगरबाटै सबैलाई नागरिकता दिलाउने वातावरण मिलाइरहेको नगर प्रमुख चौधरीले वताउनुभयो ।


धनगढीमाई नगरपालिकाको नगरवासीहरुले नागरिकता लिन झण्डै ३० किलोमिटरको दुरीमा रहेको सिरहा जिल्ला स्थित जिल्ला प्रशासन कार्यालय जानुपर्ने वाध्यता रहँदै आएको
छ ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *