सिरहा-माडर सडक निर्माणमा ठेकेदारको लापरबाही : गुणस्तरहीन कामको विरोधमा स्थानीयको टायर बालेर प्रदर्शन

  • star khabar
  • ४ महिना अगाडि
  • २८ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा,३१असार।
शशी मंडल

सिरहा-माडर सडकखण्डअन्तर्गत माडर बजार क्षेत्रमा भइरहेको आरसीसी ढलान निर्माणमा गुणस्तरहीन काम भएको भन्दै स्थानीयबासिन्दा आक्रोशित बनेका छन्। सरकारी निकायको मिलेमतोमा ठेकेदारले कमजोर गुणस्तरमा सडक निर्माण गरिरहेको भन्दै उनीहरूले सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका हुन्।

सदरमुकाम सिरहा देखी माडरसम्म नाला, माटो, ग्राभेल र ६० मिटर आरसीसी ढलान सडक निर्माणको जिम्मा भगत ग्रुप अफ कन्स्ट्रक्सनले लिएको हो। कुल ६ करोड ५८ लाख ५३ हजार ८१० रुपैयाँको लागतमा सम्झौता गरिएको उक्त योजना असार ३० गतेभित्र सम्पन्न हुनुपर्ने सम्झौतामा उल्लेख छ।

तर हालसम्म करिब ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ। यसअघि पटक–पटक ढिलाइ गर्दै आएको ठेकेदार अहिले भुक्तानी लिन हतारमा गुणस्तरहीन काम गरिरहेको वडाध्यक्ष उमेश प्रसाद यादवले बताए।

उनका अनुसार आरसीसी ढलान निर्माण गर्दा सिमेन्ट, बालुवा र गिट्टीको अनुपात ठेकेदारले नमिलाएको र प्राविधिक मापदण्ड विपरीत काम भइरहेको छ। यसकै कारण निर्माण गरिएको सडक लट्ठीले उखेल्दा समेत सजिलै उप्किने अवस्था आएको स्थानीय रामकुमार यादवले बताए।

स्थानीयबासीले गुणस्तरीय निर्माणको माग गर्दै तत्काल काम रोकेर पुनः मापदण्डअनुसार निर्माण गर्न आग्रह गरेका छन्।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *