असार १०सिरहा।
स्टार खबर।
नेपाली सेनाको श्री नं. २७ बाहिनी अड्डाको संयोजकत्वमा सिरहा नपा–१६ स्थित श्री लालजी शकुन्तला माध्यमिक विद्यालय माडरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शनिबार बिहान १०:०० बजेबाट सुरु भई ४:०० बजेसम्म सञ्चालन भएको शिविरमा करिब ४७० जना स्थानीय बासिन्दाले विभिन्न स्वास्थ्य सेवाहरू प्राप्त गरेका छन्।
शिविर श्री नन्दाबक्स गण र नं. २७ फि.ए. गुल्मद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको थियो। सो शिविरमा सिरहा नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय सिरहा, प्रादेशिक अस्पताल सिरहा, सगरमाथा चौधरी आँखा अस्पताल लहान सिरहा तथा बाबा फर्मा डिस्टिब्युटर्स लहानको सक्रिय सहयोग रहेको थियो।

शिविरको अध्यक्षता श्री नन्दाबक्स गण चोहर्वा सिरहा व्यारेकका गणपति प्र.से. सुमन श्रेष्ठले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि बाहिनीपति सहायक रथी सुरेश हमाल, विशिष्ट अतिथि सिरहा नपा–१६ का वडाध्यक्ष धिरेन्द्र मोरबैता यादव र नं. २७ फि.ए. गुल्मका गुल्मपति प्रा.सह. सेनानी डा. सर्वेश साह रहेका थिए।

१५ जना विशेषज्ञ चिकित्सकहरुको टोलीले आँखा, नाक, कान, छाला, नशा, हाडजोर्नी तथा अन्य विभिन्न रोगहरुको निःशुल्क परीक्षण तथा उपचार सेवा प्रदान गरेका थिए।
स्थानीय बासिन्दाहरूले सेनाको नेतृत्वमा गाउँमै यस्ता स्वास्थ्य सेवा पाउँदा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता शिविर निरन्तर सञ्चालन गरिदिन माग गरेका छन्।
Your email address will not be published. Required fields are marked *