धार्मिक विश्वासमा अडिएको बर्साइत पर्व

  • star khabar
  • ४ महिना अगाडि
  • २७ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

जेठ १२- सिराहा।
ज्ञान कुमार राय।

पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले वरको रूख तल बसेर कठोर व्रत गरी आफ्नो पतिको प्राण फर्काएको हुँदा महिलाहरूले पतिको दीर्घायुका लागि वट सावित्री पर्व मनाउने गरेको धार्मिक मान्यता रहिआएको
छ ।

अर्को धार्मिक मान्यता अनुसार ऋषिपुत्री सावित्रीले आफ्नो पति सत्यवानको प्राण यमराजसँग खोसेर ल्याएको दिनको स्मरण गर्दै विवाहित महिलाहरुले जेठ औंसीको दिन यो पर्व मनाउने विश्वास रहेको छ ।

दाम्पत्य जीवनको सुख समृद्धिका लागि मनाईने बट सावित्री पर्वलाई स्थानीय भाषामा बरसाईत पवनी भन्ने चलन छ ।

जेठ कृष्णपक्ष अमावस्याका दिन मनाइने यो पर्व खासगरी मैथली समुदायका महिलाहरुले मनाउने चलन रहेको छ ।

पतिको दीर्घायुको कामना गर्दै नवविवाहिता तथा विवाहित महिलाहरुले मनाउने यस पर्वमा महिलाहरूले नयाँ पहिरनमा वरको रुखमा सामूहिक रुपमा विधिपूर्वक पूजा गर्दै पान, सुपारी, केरा, फलफूल, धुप लगायतको विभिन्न पूजन सामग्रीको साथ पूजापाठ गरेर व्रतालु महिलाहरूले आफ्नो श्रीमानको दीर्घायु तथा कुशल दाम्पत्य जीवनको कामना गर्दै वरको रुखलाई रातो, र पहेलो धागो बेरी पुजा गर्छन ।

अन्य रुखको तुलनामा बरको रुखको आयु लामो हुने भएको र बरकै रुखमुनि सावित्रीको पति सत्यवानको प्राण फिर्ता गरिएकोले पूजा गर्ने चलन बसेको बताईन्छ ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *