गोलबजार होटल विवाद : यौन धन्धाको हल्ला निराधार, वडाध्यक्ष यादवको प्रष्टिकरण

  • star khabar
  • ४ महिना अगाडि
  • २८ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

जेठ -३ सिरहा।
ज्ञान कुमार राय।

सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ४ मा रहेको एक होटलमा यौन धन्धा सञ्चालित भइरहेको भनी सामाजिक सञ्जालमा फैलिएको खबर झुठो भएको भनेर खण्डन गरिएको छ। घटना स्थलमा उपस्थित पत्रकार तथा प्रहरी स्रोतका अनुसार वास्तविकता फरक रहेको बताईएको छ ।

शुक्रबार दिउँसो करिब ३ बजेतिर सिरहा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जागेश्वर यादव आफ्नै आफन्तको निम्तोमा खाजा खान सोही होटलमा पुगेका थिए। त्यही क्रममा मिर्चैयाबाट फर्कंदै गरेका एक पत्रकारले होटल अगाडि सरकारी नम्बर प्लेटको मोटरसाइकल देखेपछि शंका गर्दै होटल प्रवेश गरेका थिए। उनले पानीको बोतल किनेर खाँदै गर्दा सोधपुछको क्रममा मदिरा सेवन गरेका अध्यक्षले अभद्र व्यवहार गरेका थिए।

पत्रकारले तत्काल जिल्ला प्रशासन कार्यालय सिरहालाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलमा प्रहरी पुगेपछि सामान्य विवाद भएको र त्यसलाई तुरुन्त मिलाइएको प्रहरीले जनाएको छ।

प्रहरीले भेटेको सरकारी मोटरसाइकल वडा नं. ५ का अध्यक्षकै जिम्मामा दिइएको छ भने अर्को मोटरसाइकल वडा नं. ४ का वडा अध्यक्ष मो. शमसादका आफन्तलाई बुझाइएको हो।

पत्रकारले सामाजिक सञ्जालमा फैलिएको यौन धन्धाको आरोपप्रति आपत्ति जनाउँदै भने, “त्यहाँ यौन धन्धा केही थिएन, त्यो केवल झुठो प्रचार हो।” उनले घटनालाई तोडमोड गरेर अफवाह फैलाउने प्रयास गरिएको बताए।

यता, वडा अध्यक्ष यादवले पनि घटनाबारे प्रष्ट पार्दै भने, “म आफन्तकोमा खाजा खान गएका थिएँ। खाजा खाँदै गर्दा सामान्य विवाद भयो, तर हामीले आपसमा कुरा मिलाइसकेका छौं।”

यस घटनाले सामाजिक सञ्जालमा गलत सूचना फैलनु र त्यसले व्यक्तिको चरित्रहत्या हुन सक्ने सम्भावनाबारे गम्भीर प्रश्न उठाएको छ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *