"बिजबाट बटवृक्ष हुँदै: सिरहाका राहुल रायको पत्रकारिता यात्रा"

  • star khabar
  • ४ महिना अगाडि
  • २३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

वैशाख २०-सिरहा।
ज्ञान कुमार राय।

सिरहाको गोलबजार नगरपालिका–७, चोहर्वामा जन्मिएका बिरेन्द्र रायका छोरा राहुल राय आज राष्ट्रिय स्तरको मिडियामा आफ्नो छुट्टै पहिचान बनाइरहेका छन्।
सानै उमेरदेखि खोजपत्रकारितामा रुचि राख्ने राहुलले सिरहाबाट पत्रकारिता सुरु गरेका थिए। अहिले उनी नेपाल न्युज बैंक र दावानल अनलाइनजस्ता मिडियामा रिपोर्टिङ गर्दै यहाँका स्थानीय मुद्दा उठाउँदै आएका छन्।

पत्रकार राय भन्छन्, “एउटा सानो बिज भित्र विशाल रुखको अस्तित्व लुकेको हुन्छ। जसरी बिजलाई माटो, हावा, पानी र घाम चाहिन्छ, त्यसरी नै हरेक व्यक्तिभित्र प्रज्ञा र प्रतिभा उदयको सम्भावना हुन्छ।”

स्थानीय स्तरका समस्यालाई राष्ट्रिय मञ्चसम्म पुर्‍याउने क्रममा उनले यथोचित शिक्षण, तालिम र उत्प्रेरणको आवश्यकता महसुस गरेको बताएका छन्। केही वर्षअघि उनलाई पत्रकार नमान्नेहरू पनि अहिले सम्मान दिन थालेका छन्।

राहुललाई आजको दिनसम्म आइपुग्न सहज थिएन। उनले धेरै गल्ती र कमजोरीबाट सिक्दै अघि बढेको बताएका छन्। “म एउटा बिज हुँ, र म भित्र विशाल आकारमा फैलिने बटवृक्ष बन्ने सम्भावना अझै बाँकी छ,” भनी आत्मविश्वासका साथ उनी भन्छन्।

उनी हाल सिरहाबाट नेपाल न्युज बैंक र दावानल अनलाइनका लागि रिपोर्टिङ गर्दै आएका छन्। लेखनमा उतिसारो शिल्पी न भए पनि जोसजागरका साथ पत्रकारिता गरिरहेका राहुलले खोजपत्रकारितामा विशेष रुचि राख्दै आएका छन्।

सिरहाजस्तो ग्रामीण क्षेत्रमा रहेर पनि राष्ट्रिय मञ्चमा रिपोर्टिङ गर्ने राहुलजस्ता युवाहरूले समाजमा सकारात्मक सन्देश दिन सक्ने स्थानीय बासिन्दाहरू बताउँछन्।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *