सिरहा: गोलबजारबाट दुईथान भरुवा बन्दुक बरामद

  • star khabar
  • ४ महिना अगाडि
  • ४६ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा २० वैशाख।
स्टार खबर
- ज्ञान राय।

सिरहा प्रहरीले गोलबजारबाट दुई थान भरुवा बन्दुक बरामद गरेको छ। गोलबजार नगरपालिका १० डण्डाबाट प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको हो।

जङ्गल क्षेत्रमा बन्दुक पड्कीएको भन्ने सूचना पाएर पुगेका प्रहरी टोलिले झाडीमा फालेर भागेको हुन सक्ने इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर गोबिन्द साहले जानकारी दिए।

जङ्गली जनावरको शिकार गर्नेहरुले प्रहरी आएको सुईंको पाएकोले बन्दुक फालेर भागेको हुन सक्ने उनको भनाई छ।

‘बन्दुक पड्किएको क्षेत्रमा पुगेका प्रहरी टोलीले खोजतलासको क्रममा भरुवा बन्दुक फेला परेको हो;’ इन्सपेक्टर साहले भने, ‘खोजतलासको क्रममा शिकारीहरुले आपगाछी क्षेत्रमा दुई थान भरुवा बन्दुक फालिएको अवस्थामा फेला परेको हो।’

बन्दुक कसले फालेको हो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *