सिरहामा अवैध हतियारसहित दुई भारतीय नागरिक पक्राउ

  • star khabar
  • ४ महिना अगाडि
  • २७ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

वैशाख -९ सिरहा।
स्टार खबर।

सिरहाको बरियारपट्टी गाउँपालिका–१ स्थित नर्गीचोक नजिकैबाट अवैध हतियारसहित दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी कचनारीबाट खटिएको चेकिङ टोलीले भारततर्फ जाँदै गरेको नम्बर प्लेट नभएको हिरो कम्पनीको मोटरसाइकल (चेसिस नं. MBLHA1 1 AEE9B23324) रोकेर चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित ग्रामपंचायत पिपराही–कमलपुर निवासी धर्मेन्द्र सिंहका १९ वर्षीय छोरा राजिव सिंह र सोही स्थानका फुलेश्वर सिंहका १९ वर्षीय छोरा प्रिन्स सिंह रहेका छन्। प्रिन्स सिंहको कम्मरमा लुकाइएको एक थान कटुवा पेस्तोल र ट्र्याकसुटको गोजीमा लुकाइएको एक राउन्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

पक्राउ परेका दुबै जनालाई मोटरसाइकल, पेस्तोल र गोलीसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेशपुर पतारमा ल्याइएको र सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी बिरेन्द्र कुमार पासवानले जानकारी दिएका छन्।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *