सिरहा :लहानमा लागुऔषधसहित एक युवक पक्राउ

  • star khabar
  • ४ महिना अगाडि
  • २३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

बैशाख-१ सिरहा।
स्टार खबर ।

सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. ७ स्थित पशुपति आदर्श माध्यमिक विद्यालय नजिक १ नम्बर सडक खण्डबाट एक जना युवक लागुऔषधसहित पक्राउ परेका छन्।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मधेश प्रदेश ०१–००१ ह १८२२ नम्बरको सि.टी. रिक्सा रोकी जाँच गर्दा रिक्साका चालक अक्षय कुमार यादवलाई लागुऔषधसहित पक्राउ गरेको हो। यादव सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं. ९ निवासी हुन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) बिरेन्द्र कुमार पासवानका अनुसार यादवको साथबाट कालो प्लाष्टिकको पोका फेला परेको थियो, जसमा खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिकसहित ६ ग्राम ३० मिलिग्राम रहेको छ। साथै, उनले चलाइरहेको रिक्साभित्र लुकाइराखिएको एउटा डिजिटल तराजु समेत फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका यादवलाई लागुऔषध सम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय लहानमा राखी अनुसन्धान भइरहेको छ।साथै सिरहाबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *