राजतन्त्रबादीहरुको वास्तविक अवस्था चैत १५ गते नै उदाङ्गो भईसकेको छ : प्रधानमन्त्री ओली

  • star khabar
  • ४ महिना अगाडि
  • २७ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

चैत -२६ सिरहा।
ज्ञान कुमार राय

प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रबादीहरुको वास्तविक अवस्था जनआन्दोलनको नाममा चैत १५ गते भएकोे विध्वन्सकारी गतविधिले उदाङ्गो भएको बताएका छन्। नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको ११ औं सिरहा जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्वोधन मंगलबार गर्दै १५ गतेको कृयाकलापले उनीहरुको वास्तिाविक चरित्र उदाङ्गिएको बताएका हुन्।
उनले अवका जनताले यस्ता खालका गतिविधीलाई स्वीकार गर्न नसक्ने यबताए। प्रधानमन्त्री ओलीले भने, ‘यस्ता खालका विध्वन्सकारी तत्वलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन। हामीले स्वीकार गर्नु पनि हुँदैन। त्यसको लागि तहाईं हामी सवै मिएर सहि जवाफ दिनै पर्छ।’
‘राजतन्त्र फर्कीने कुनै सम्भावना नै छैन, अर्काको घरमा आगो लगाउने, औषधी उद्योगमा आगो झोस्ने, मिडियामा आक्रमण गर्ने तत्वको हातमा सत्ता पुग्यो भने के हुन्छ होला?’ प्रधानमन्त्री ओलीले प्रतिप्रश्न गरे। उनले थपे, ‘राजतन्त्र फर्किन्छ भन्ने कुरा राती देखेको सपना होइन, दिउँदै घामलागेको बेला देखेको सपना हो। दिउँसो देखेको सपना कहिल्यै पुरा हँदैन। राजतन्त्र कुनै हालतमा फर्कदैंन।’
ठूलो वलिदानी पस्ता प्राप्त यो व्यवस्था सवैभन्दा उत्कृष्ट भएको प्रधानमन्त्री ओलीले ठोकुवा गरे। उनले भने, ‘यो दुनियाकै उकृष्ट व्यवस्था हो। समाजिक न्याय, समानता, न्याय र सुशासनको पक्षमा हाम्रो ध्यान जनु पर्छ। यसको विकल्पको परिकल्पना सम्म गर्न सकिंदैन।’
मन्तव्यकै क्रममा प्रधानमन्त्री ओलीले देशका ठूला र पुरानो पार्टी मिलेर सरकार चलाई रहेकोले यो सरकार चुनावसम्मै जाने बताए। उनले भने, ‘देशको सवैभन्दा ठूलो र पुनानो पार्टीहरु नेकपा एमाले र नेपाली काँग्रेससहित अरु पार्टीपनि मिलेर यो सरकार बनेको छ। सरकार चुनावसम्मै जान्छ। आजै सरकार ढल्छ। भरै सरकार ढल्छ भन्नेहरु पनि थाकीसके। नेतृत्व फेरबदल हुनसक्छ। तर, सरकार चुनावसम्मै जान्छ।’
उनले जिल्लाको नेतृत्व सवैलाई स्वीकार्य हुने र सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन हुने विश्वास व्यक्त गरे। उनले भने, ‘सहमति लोकतन्त्रको अझै उन्नत रुप हो सहमति र सहकार्य भएकोले साथिहरुले आफ्नो मूल्याङ्कन गर्नुहोस र अरु साथिहरुको कामको मूल्याङ्न गर्नुहोस्। त्यसैको आधारमा नेतृत्व चयन गर्दा उत्म हुन्छ।’
‘एकतावद्धरुपमा जान नसक्ने अवस्था भयो भने चुनावमा जानुस्, त्यसले पनि केही विग्रदैन। तर प्यानल बनाएर, गुठ खडागरेर चुनावमा जानु उचित हुन्न। यसले पार्टीभित्रै गुठको अवस्था सृजना हुन्छ। र, पार्टीभित्रै विरोधीदेख्ने अवस्था हुन्छ। त्यस्ता कार्य हामीले गर्नु हुन्न; अध्यक्ष ओलीले भने।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *