चैत्र -२३ सिरहा।
स्टार खबर।
सिरहाको बिष्णुपुर गाउँपालिका-१ मा रहेको साना किसान कृषि सहकारी संस्था लि.ले बीमा वापत मृतक परिवारलाई १५ लाख रुपैया सहयोग गरेका छ्न।
संस्थाका शेयर सदस्य स्व. श्रीमती सम्तोलीया देवी मुखियाको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सभा पनि आयोजना गरिएको थियो। सोही कार्यक्रममा मृतकका श्रीमान् गंगा मुखियालाई म्यादी जीवन बीमा वापतको रकम रु. १५,००,०००/- (पन्ध्र लाख रूपैयाँ)को चेक विष्णुपुर गाउँपालिका अध्यक्ष श्री सत्यनारायण यादवको हातबाट हस्तान्तरण गरिएको थियोे।

साथै साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय लाहनको आर्थिक सहयोगमा तथा संस्थाका अध्यक्ष श्री उपेन्द्र यादवको संयोजनमा चैत्र २२ र २३ गतेका दिन विष्णुपुर गाउँपालिका अन्तर्गत तरकारी खेती व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ।
तालिममा स्थानीय किसानहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तालिमले कृषकहरूलाई व्यवसायिक तरकारी खेतीतर्फ प्रोत्साहित गर्दै आर्थिक रूपान्तरणमा सहयोग पुग्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

कार्यक्रममा संस्थाको अध्यक्ष उपेन्द्र यादवले भने यस संस्थाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै सदस्यहरूका जीवनस्तर गर्न तथा विपद् परेका परिवारप्रति सहयोग पुर्याउने प्रतिबद्धता जनाएका थिए ।
Your email address will not be published. Required fields are marked *