सिरहा:आठौं गोलबजार मेयर गोल्डकप खेलमा सहलेश फूटवल क्लव भए विजय

  • star khabar
  • ४ महिना अगाडि
  • ४७ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

चैत-२१ सिरहा ।ज्ञान कुमार राय
आठौं अन्तर्राष्ट्रिय गोलबजार मेयर गोल्ड कप २०८१को उपाधि सहलेश फुटवल क्लव सिरहाले विजय हासिल गरिएको हो। गोलबजार नगरपालिका २ गुरुधामस्थित एकीकृत खेल ग्राममा भएको फाईनल खेलमा गोलबजार स्पोर्टस् क्लवलाई सून्यको विरुद्ध एक गोलले हारको सामना पारेको हो।

खेल सुरुभएको २० मिनेट नबित्दै सहलेश फुटवल क्लवको तर्फबाट जर्सि नम्वर १४ का खेलाडी अनिल पाचे मगरले एक गोल गरेका थिए। सोही गोलले नै सलहेश फुटबल क्लबले विजय हासिल गरे। 

त्यसै गरी मन अफ द म्याच सलहेस फुटबल क्लबको १४ नम्बर जर्सीका अनिल पाचे मगर लाई दिए।

प्रतियोगिताको विजेता टिम सहलेश फुटवल क्लवलाई  चार लाख एक हजार र उपविजेता टिम गोलबजार स्पोर्टस् क्लवलाई दुई लाख एक हजार नगद रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत प्रमुख अतिथीको हातबाट हस्तान्तरण गरिएको छ। 


फाईनल खेलमा खेलकुद मन्त्रि प्रमोद जयसवाल, स्वास्थ्य मन्त्री सत्रुधन प्रसाद सिंह, गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठ लागायतका उपस्थिति रहेको थियो। 

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *