सिरहा:पत्रकार हत्याको विरोधमा लहानमा प्रदर्शन

  • star khabar
  • ४ महिना अगाडि
  • ३९ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

चैत -१६ सिरहा।
स्टार खबर

समाचार संकलनको क्रममा पत्रकारको हत्या र सञ्चारगृहमाथि आक्रमणको विरोधमा सिराहाका पत्रकारहरुले शनिबार लहानमा प्रदर्शन गरेका छन।नेपाल पत्रकार महासंघ सिराहा शाखाको आयोजनामा जिल्लाभरका पत्रकार विरोध र्‍यालीमा सहभागी भई कोण सभामा उपस्थित भएका थिए ।

संघीय राजधानी काठमाडौँको तीनकुनेमा राजावादी आन्दोलनका क्रममा आगजनी हुँदा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो। त्यस्तै, आन्दोलनकारीहरूले विभिन्न सञ्चारमाध्यममाथि आक्रमण गरेका थिए । सो घटनाको विरोधमा नेपालभरका पत्रकारहरू आन्दोलित भएका छन।

लहानको शहीद चोकमा भेला भई सुरु गरेको विरोध र्‍याली नगर परिक्रमा गर्दै पुनः सहिद चौकमा कोण सभामा परिणत भएको थियो । पत्रकारहरूले दोषीलाई कारबाही गर सञ्चारमाध्यममाथि आक्रमण बन्द गर प्रेस स्वतन्त्रता जिन्दावाद पत्रकार कुट्न पाइँदैन’ जस्ता नारा लगाएका थिए।

कोणसभामा नेपाल पत्रकार महासंघ सिराहाका पुर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार दिनेश्वर गुप्ता शाखाका अध्यक्ष मनोज बनैता लगायतका पत्रकारहरुले सम्बोधन गर्दै जघन्य अपराधमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरे । साथै संविधानअनुसार पूर्ण प्रेस स्वतन्त्रता कायम गर्न सरकारलाई दबाब दिने चेतावनी दिए ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *