सिरहा:बेपत्ता १३ वर्षीया खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा फेला

  • star khabar
  • ४ महिना अगाडि
  • २२ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

चैत-१२ सिरहा।
स्टार खबर।

सिरहाको गोलबजार नगरपालिका- ९ की १३ वर्षीया गुलशना खातुनको शव गाडिएको अवस्थामा शव फेला परेको छ ।

गत फागुन २९ गते घरबाट निस्केकी खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले फेला पारेको छ ।

‘वनमारा झाडीभित्रबाट लास कुहिएको गन्ध आएपछि गाउँमा आशंका जाग्यो’, गोलबजार- ९ का पूर्ववडाध्यक्ष रामपुकार कामतीले भने, ‘हामीले प्रहरीलाई खबर गर्‍यौं । प्रहरीको टोलीले उत्खनन गर्दा बालिका खातुनको शव भेटियो । शव बोरामा बेरिएर खाडलभित्र पुरिएको थियो ।’

खालडभित्र फेला परेको शव खातुनकै रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तबहादुर बाखुले जानकारी पुष्टि गरेका छन् । उनका अनुसार घुर्मी खोला किनारमा तीन फिट खनेपछि जुटको बोरामा बेरिएको अवस्थामा बालिकाको शव फेला परेको छ ।

उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
आमा जाहेदा खातुनले इलाका प्रहरी कार्यालय मिर्चैयामा चैत १ गते खोजतलास गरिदिन भनेर निवेदन दिएकी थिइन् । खातुन स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *