सिरहा: गोलबजारमा आठौं मेयर गोल्ड कप चैत १५ बाट सुरुहुँदै

  • star khabar
  • ४ महिना अगाडि
  • २८ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा, १० चैत।
स्टार खबर

आठौं अन्तराष्ट्रिय गोलबजार मेयर गोल्ड कप २०८१ आगामी शुक्रवारबाट सुरुहुने भएको छ। गोलबजार नगर पालिकाको आयोजनामा यहि चैत्र १५ देखि २१ गतेसम्म गोलबजार २ गुरुधामस्थित एकीकृत खेलग्राममा फूटबल प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा भुटानका एउटा टिम र देशका विभिनन स्थानका सातसहित आठ ओटा टिम सहभागी रहने आईतबार पत्रकार सम्मेलनको आयोजनागरी नगर प्रवक्ता सञ्जित लामाले जानकारी दिए। उनका अनुसार प्रतियोगिता चात्या सा फुटवल क्लव दमक झापा, मनोहरा एकीकृत युवा क्लव काठमाडौं, गोलबजार स्पोर्टस् क्लव गोलबजार सिरहा सहभागी रहने छ।

त्यसैगरी प्रतियोगितामा रोमन फुटबल क्लव सर्लाही, पेमा युवा क्लब विराटनगर, साम्ची फुटबल क्लब भुटान र सल्हेश युवा क्लब सिरहाको सहभागीता रहने बताइएको छ।

प्रतियोगितामा प्रथम पुरस्कार चार लाख एक हजार रुपैयाँ र दोस्रो पुरस्कार दुई लाख एक हजार रहेको छ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *