काठमाडौं, ८ चैत।
सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन्।शुक्रबार बिहान मन्त्रालयले दाहाललाई गृहमा तानेर अर्को सिडिओ पठाएको छ।
कपिलवस्तुमा रहेका विश्वप्रकाश अर्याललाई सिराहा पठाइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।
औरही गाउँपालिका वडा नम्बर ५ मा दीपक मल्लिकको घर भत्काइएको घटनामा हेलचक्र्याइँ गरेको भन्दै दाहाललाई मन्त्रालय तानेको मन्त्रालय स्रोतले जनाएको छ।
गएराति गृहमन्त्री रमेशले यस घटनाको छानबिन गर्न आइजिपी दीपक थापालाई निर्देशनसमेत दिएका थिए।
गाउँमा चैत १७ गतेदेखि महायज्ञ हुन लागेको छ। उनीहरूको घर भत्काइएकै ठाउँमा महायज्ञ गर्न लागेपछि यसबारे सर्वत्र विरोध भइरहेको हो।
घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी रमेश पण्डित पनि बिहीबार पालिका पुगेका थिए।
(सेतोपाटीबाट)
Your email address will not be published. Required fields are marked *