सिरहा:महायज्ञ गर्ने ठाउँमा दलित डोमको घर भएकोले– अछुत भन्दै २ फिट माटो खनेर हर्टायो

  • star khabar
  • ४ महिना अगाडि
  • ३२ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा ६ चैत्र ।

पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत सिरहाको औरही गाउँपालिका ५ सडक किनारमा छ दिपक मलिक (डोम)  बस्ने नयाँ छाप्रो ठडीएको छ। त्यहि छाप्रो पनि दुईवटा कोठामा विभाजन गरिएको छ। कोठाका दुवै दैलोमा भगवान महादेव, विष्णु, गणेश, लक्ष्मी सरस्वतीका फोटो टासिएका छन्। तर, उनको आस्थाका भगवानले उलाई कहिल्यै रक्षा गर्न सकेन। 

उनका परीवारले आस्थाका साथ मानिरहेका भगवानहरुको नाममा यहि १७ चैत देखि श्री श्री १०८ श्री विष्णु महायज्ञ आयोजना हुँदैछ। दिपक त्यहि महायज्ञ स्थल नजीकै एउटा कुनामा पछिल्लो २५ वर्षदेखि सानो छाप्रोमा वस्दै आएका थिए। त्यहि छाप्रो पनि महायज्ञ आयोजना गर्ने स्थानमा अछुत डोम राख्न नहुने भनेर यज्ञका कर्ताधर्ता मानिएका महात्यागी बजरंगी बाबाको निर्देशनमा पालिका अध्यक्ष शिवजी यादवले पालिकाकै जेसिभी लगाएर गत फागुन १० गते भत्काउन लगाएका थिए। 
‘म र मेरा श्रीमान् ड्युटीमा रहेको समयमा अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवको उपस्थितिमा जेसिभी लगाएर घर भत्काउन भत्काई दिए।  १० दिन अघि छोराको बिबाह गरेर ल्याएको नयाँ बुहारी भित्र्याएका थियौंं। नयाँ बुहारी र मेरा मसिना लालाबाला भएर सकेजति सामान झिकेछन्। झिक्न नभ्याएको सामान जति त्यही पुरियो।’ अनिताले दुखेसो पोखे।

आयोजकले मलिकको घर मात्र भत्काइएन अछुतले छोएको माटो भनेर घरले चर्चेको स्थानको दुई फिट माटो खनेर समेत फालिएको छ।
थातथलो भत्काएर मलिक परिवारलाई बिस्थापित गराइए पछि श्री सुन्दर जनता माध्यमिक विद्यालय औरहीको करिव २ धुर जग्गामा दुई कोठाको टिनले छाएको घर बनाएर राखिएको छ। त्यहि घरमा उनका दुई छोरा, दुई छोरी, एक बुहारी र दिपक श्रीमान श्रीमतीसहित सात जनाको परीवार वस्दै आएको छ।
विगत २५ वर्षदेखि मलिक परिवारको थातथलो रहेको स्थानमा जनता आवास कार्यक्रमबाट ५ वर्ष अघि दुई कोठे पक्की भवन पालिकाले नै बनाइ दिएको थियो। घर भत्काएर नयाँ ठाउँमा सारिदिएपछि पलिक परिवार विचल्लिमा परेका छन्। छाप्रो निर्माण भएपनि उनीसँग पानीको स्रोत छैन, विजुली बलिरहेको छैन। अनिताले भनिन, ‘घर पनि हाम्रै काठ पात र थोत्रो जस्ता हालेर घर वर्य्इ दिएका छन्’। 

दीपक र अनिता मलिकको १७ वर्षिय छोरा अर्जुन र नवबिबाहिता बुहारी, १३ वर्षकी छोरी किरण कुमारी १० वर्षकी छोरी प्रीती र ८ वर्षय छोरा आकाश मलिक सहितको ७ जनाको जहान छ।

आमा अनितासँग कुरागरेका ध्यानपूर्वक सुनिरहेका अनिताका ८ वर्षिय छोरा आकाश हामी हिड्न थालेपछि गला अवरुघ स्वरमा सोधे ‘ओई बाबाजीके पकडवै?’ (त्यो बाबाजीलाई पकड्नु हुन्छ?) हैन हामी पकड्ने मानिस होइनौं भने। भन्न नभ्याउँदै थपे, ‘ओकरा पकैड्के लजजाउ। हमरा घर ओहा तोड्बेलकै।’ (तिनलाई पकडेर लैजाउ उनैले हाम्रो घर भत्काउन लगाएको हो।) उनको बाल मनोदशाले पनि उनको घरमा टासिएका भवभावनलाई गिज्याई रहेका थिए।

यस सम्बन्धमा पालिका अध्यक्ष शिवजी यादवलाई सोध्दा उनले मलिक परिवारको घर भत्काइ दिएको स्वीकार गरे। उनले भने त्यहाँ कृषि बजार लगाउन ३ करोडमा टेण्डर लागेको छ। त्यहाँ चौतर्फी बाउण्ड्री वाल लगाउनु छ। त्यसकारण भत्काएको जिकिर गरे। घर भत्काए पनि अर्को स्थानमा पुनस्र्थापना गरिदिएको भन्दै यादवले भने क्याम्पस बनाउन यज्ञ आयोजना गरिएको हो। सामाजिक भलाइको काम कै लागि हो। आफूले अछुत भनेर घर नभत्काएको उनको कथन छ। उनले यस घटनालाई मिडियामा नचर्काउन पनि आग्रह गरे।

तर, त्यहि कृषि बजार बनाउने भनेको स्थानको उत्तरी भागमा पर्ति ऐलानी जमिनमै बसेका गैरदलितहरुको घरहरु अझै छन्। उनीहरुलाई भने हटाइएको छैन।
औरही पालिकामै घर भएका राष्ट्रिय दलित आयोगका पूर्व सदस्य कवुली पासवानले भने त्यहाँ ५ घर दास तत्माहरुको घर छ । अरु कसैको घर भत्काइएन तर एक घर मलिक ( डोम) को घर भत्काइयो। घर मात्र भत्काइएन त्यहाँको माटो समेत खनेर फालियो । बजरंगी बाबाले त्यो ठाउँ पवित्र गर्ने भन्दै जल छर्किए । यो सरासर छुवाछुतको अपराध हान। उनले दोषी बजरंगी बाबा, पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव माथि कानून बमोजिम कारवाही गर्न सरकारसँग माग गरेका छन्। पासवानले राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोगको ध्यानाकर्षण गराउँदै घटनाको छानविन गर्न आह्वान गरेका छन्।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *