सिरहा:होली पर्वमा १३९ सवारीसाधनलाई ट्राफिक कारबाही

  • star khabar
  • ४ महिना अगाडि
  • ४५ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

चैत २- सिरहा।
स्टार खबर

होली पर्वको अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १३९ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान सिराहाका अनुसार कारबाहीमा परेका सवारीसाधनमध्ये १३७ वटा मोटरसाइकल र २ वटा चारपांग्रे गाडी छन्।

कारबाहीमा परेका चालकहरूमध्ये १७ जनाले मादक पदार्थ सेवन गरी सवारी चलाएका थिए भने ७१ जनाले हेल्मेट नलगाएको कारण कारबाहीमा परेका छन्। यस्तै, अन्य ५१ सवारीसाधनलाई विभिन्न कारण, जस्तै चालकसँग बुलबुक नहुनु तथा लापरवाही देखिनुका आधारमा कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय प्रमुख पोषणराज थपलियाले जानकारी दिए।

उनका अनुसार २२ जना चालकले आफ्नो मोटरसाइकल फिर्ता लिइसकेका छन् भने ११६ वटा सवारीसाधन अझै ट्राफिक कार्यालयमा राखिएको छ।

ट्राफिक प्रहरीले सबै चालक तथा यात्रुहरूलाई ट्राफिक नियमको पालना गर्न, सुरक्षित यात्रा गर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन, हेल्मेट लगाउन र अन्य नियमहरू पालना गर्न अनुरोध गरेको छ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *