कमिशनको खेलमा नामको लागिमात्र उपभोक्ता समिति, कामभने ठेकेदारको जिम्मा

  • star khabar
  • ४ महिना अगाडि
  • २१ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा, २६ फागुन।
ज्ञान कुमार राय

सिरहाको गोलबाजर नगरपालिका ८ का वडा अध्यक्ष देवनारायण महतोले योजनाहरुमा नामको लागिमात्र उपभोक्ता समिति गठन गरेर कमिसनको खेलमा ठेकेदारलाई जिम्मा लगाउने गरेको पाइएको छ। एलआईपीडब्लु परियोजना अन्तर्गत खानेपानीको बोर्डि जडान कार्यमा नामकोलागिमात्र उपभोक्ता समिति गठन गरेर काम भने ठेकेदारको जिम्मा लगाइएको पाइएको हो।
श्रमममा आधारीत सार्वजनिक कार्यक्रम (एलआईपीडब्लु) अन्तर्गत खानेपानी बोर्डिङ्ग जडान उपभोक्ता समितिका अध्यक्ष पवन सहनी रहेपनि कामभने चोहर्वाका राज कन्ट्रक्सले गरेका थिए। अध्यक्ष सहनीले आफू उपभोक्ता समितिको अध्यक्ष भएपनि काम भने वडाअध्यक्षले राजलाई दिएको बताए।
उनले भने, ‘म अध्यक्ष त हो। तर, वडा अध्यक्ष आफैले राजलाई बोलाएर कामको जिम्मा लगाएको हो।’ यो त भयो जनप्रतिनिधीको कमिशन खाने मेलो। तर, श्रमममा आधारीत साझेदारी सार्वजनिक कार्यक्रम अन्तर्गत विकास निर्माणको कार्यमा व्यापक ठूला मेशेनरी औजारहरु प्रयोग भएका छन्।
वोडिङ्ग जडान कार्यमा १५ देखि २० प्रतिशत रकम ठेकेदारले जनप्रतिनिधीलाई बुझाउने गरेको छ।
यो कार्यक्रम अन्तर्गत ६० प्रतिशत रकम श्रमिकहरुको श्रममा खर्चिनु पर्ने व्यवस्थालाई वेवास्ता गर्दै पालिकाले विकास निर्माणको सवै कार्यक्रमा ठूला मेशेनरी औजारहरु प्रयोग गरेका छन्। यो बोर्डिङ जडानमा पनि मेशिनको प्रयोग भएको छ।
यो कामको हिसाव मिलान गर्न फर्जि श्रमिक खडागरी भुक्तानी दिने गरेको छ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *