सिरहा -२५ सिरहा।
स्टार खबर ।
सिरहा जिल्लाको अर्नामा गाउँपालिका-३ मा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
शनिबार दिउँसो करिब १:५० बजेको समयमा अर्नामा गाउँपालिका-३ स्थित अर्नामा गाउँमा बाटोमा माटो भर्ने क्रममा पालिकाको गाडी स १ द ८५ नं. को रातो ट्याक्टरले ठक्कर दिँदा अ.१०-१२ वर्षीय सतिश कुमार महतोको घटनास्थलमै मृत्यु भएको हो। मृतक रामसेवक महतो (ठकु) का छोरा हुन्।
प्रत्यक्षदर्शीहरूका अनुसार ट्याक्टर दक्षिणबाट उत्तरतर्फ जाँदै थियो, त्यही बेला उत्तरबाट दक्षिणतर्फ आइरहेका साइकलमा सबार भई बालकलाई ठक्कर दिएको थियो। स्थानीयको भनाइ अनुसार दुर्घटना भएलगत्तै ट्याक्टर चालक राम अधिन यादव फरार भएका थिए ।
हाल घटनास्थलमै मृतकको शव रहेको छ भने ट्याक्टर पनि नियन्त्रणमा लिइएको छ। स्थानीय बासिन्दाहरूले चालकको लापरवाहीका कारण दुर्घटना भएको आरोप लगाएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको स्थानीय प्रशासनले जनाएको छ।
Your email address will not be published. Required fields are marked *