जनकपुरको एक होटेलमा युवक मृत फेला, एक जना फरार

  • star khabar
  • ४ महिना अगाडि
  • २६ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

फाल्गुण २२- स्टार खबर ।

जनकपुरको एक गेष्ट हाउस (होटल) मा एक जना युवक मृत अवस्थामा फेला परेका छन् ।

जनकपुरधाम उपहानगरपालिका वडा नम्बर ६ स्थित रहेको न्यू जनकपुर गेष्ट हाउसमा अन्दाजी ४० बर्षका एक युवक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गेष्ट हाउसको कोठा नम्बर ३०१ मा सुतेको ओछ्यामै महोत्तरीको पिपरा गाउपालिका वडा नम्बर ७ का सागरकान्त चौधरी मृत अवस्थामा फेला परेको धनुषाका प्रहरी प्रवक्ता बरुण बहादुर सिँहले जनाए ।

उनले आज दिउँसो ३ बजे होटल संचालकले चौधरी मृत फेला परेको जानकारी गराएको बताए । उनले भने, ‘मृतकको शव अहिले घटनास्थलमै छ । मृत्यूको कारण खुलेको छैन् । होटलका एक कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं ।’

मृतकका दाजु अनिल चौधरीले सिरहा, मिर्चैयाका अमित साहले कोठा बुक गरेको होटलका कर्मचारीले बताएको जानकारी दिए । अमित भने फरार भएका छन् । उनले होटललाई दिएको नम्बरमा फोन नलागेको प्रहरीले जनाएको छ ।

उनका अनुसार सागरकान्त काठमाडौंमा बस्दै आएका थिए । उनी जनकपुरधाम किन आएका थिए भन्नेकुरा थाहा नभएको भाई अनिलले बताए ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *