क्याम्पस प्रमुख साहको एकलौटी निर्णय र मनोमानी

  • star khabar
  • ४ महिना अगाडि
  • २२ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

फल्गुण -१९ सिरहा।
ज्ञान कुमार राय

सिरहाको गोलबजार नगरपालिका ४ स्थित रामप्रताप रामप्रसाद जनता बहुमुखि क्याम्पसका प्रमुख किशोर कुमार साहको मनपरि तन्त्रले पराकाष्टा नाघेको छ। मनपरीतन्त्रको ताजा उदाहरण आज महोत्तरीको बर्दिवासमा हुँदैगरेको ‘पञ्च वर्षिय कार्यायोजना निर्माण गोष्ठि’ हो।
बर्दिवासमा केको बैठक रहेछ? भनि सोध्दा उनेले भने, ‘स्ववियु निर्बाचनको विषयमा छलफल गर्न गएको भन्ने मैले जानकारी पाएको छु। हिजोबाट त्यहि विषयमा छलफल भईरहेको थियो। त्यहि होला।’
प्रमुख साहका निकटतम मानिने क्याम्पस प्रध्यापक संघका अध्यक्ष प्रदिप कुमार साहले भने ‘पञ्चवर्र्षिय योजना निर्माणको कार्यक्रम रहेको सुनेको बताए। उनले भने, ‘मलाई पनि सवै जानकारी छैन। तर, मैले पञ्चवर्षिय योजना निर्माण बैठक हो भन्ने सुनेको छु। समिति, शिक्षक, अभिभावक, विद्यार्थीहरु उपस्थित हुने कार्यक्रम छ।’ 
गोष्ठीमा सहभागी हुन गईहेका धेरै शिक्षक, विद्यार्थी र समितिका प्रतिनिधीलाई पनि विषय जानकारी नहुनुले क्याम्पस प्रमुखको मनपरी तन्त्रलाई उदाङ्गो बनाएको छ। 
क्याम्पस प्रमुख साहले भने अन्य अतिथी, क्याम्पसका प्रमुख प्रतिनिधीहरु पनि उपस्थित हुने भएकोले बर्दिवासमा कार्यक्रमको आयोजना गरेको बताए। उनले सवैलाई यो विषय जानकारी भएको पनि दावी गरे।
गरिव विद्यार्थीलाई सहुलियत शुल्कमा उच्च शिक्षा दिने मनसायले स्थापना भएको क्याम्पसमा अहिले निश्चित शिक्षक र सञ्चालक समितिको स्वार्थले विद्यार्थी मारमा परेका छन्। विद्यार्थीबाट उठेको रकम खर्चगर्ने ठाउँ खोजिरहेका छन्। उनले सवै कार्य राजनीतिक आडमा गरिरहेका छन्। उनी एमाले निकट प्रध्यापक संगठनमा आवद्ध छन्।
क्याम्पस प्रमुख साह तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालय धनगडीमाई १२ बिष्णुपुरकट्टीका स्थायी मावि शिक्षक पनि हुन्।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *