फागुन १८ सिरहा।
स्टार खबर
सिरहामा नगर स्तरीय टी-ट्वान्टी क्रिकेट लगदीगदियानीमा शनिबारदेखि नगर स्तरीय टी-ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ।
सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले प्रतियोगिताको उद्घाटन गरेका हुन्।
प्रतियोगिताको पहिलो खेल वडा नम्बर १ र वडा नम्बर १६ बीच सम्पन्न भयो, जसमा वडा नम्बर १६ विजयी भयो। टस जितेर पहिले ब्याटिङ गरेको वडा नम्बर १ ले १८.१ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन मात्र बनाउन सक्यो।
जवाफी ब्याटिङमा आएको वडा नम्बर १६ ले १२ ओभरमै ३ विकेटको क्षतिमा ९७ रन बनाउँदै सहज जित दर्ता गर्यो।
खेलको प्लेयर अफ द म्याच वडा नम्बर १६ का अमन पासमान घोषित भए। उनले २२ रन बनाएर २ विकेट समेत लिएका थिए।
जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा लगदीगदियानी क्रिकेट क्लबले प्रतियोगिता आयोजना गरेको हो। सिरहा नगरपालिकाभित्रका १९ वटा वडाको सहभागिता रहेको जिल्ला क्रिकेट संघका सचिव बिकल बिष्टले जानकारी दिए ।
Your email address will not be published. Required fields are marked *