फाल्गुन -८ सिराहा।
सिरहाको कल्याणपुर नगरपालिका -१२ बेलहामा हराएको बालकको शव पोखरीमा डुबेको अवस्थामा भेट्यो।
कल्याणपुर नगरपालिका-१२ बेल्हाका गणेश मुखियाका अ.८ वर्षीय छोरा अजित मुखिया ४-५ दिनदेखि हराइरहेका थिए। निजका आमा बुवाले खोजकार्यकोलागि सामाजिक संजाल मार्फत र प्रहरीमा समेत बालकको खोजी गर्न निवेदन दिएका थिए ।
तर बिहिवार साँझ करिब ७:०० बजेको समयमा उनको शव सोही वडामा रहेको पोखरीमा फेला परेको छ।
स्थानीयका अनुसार, बालक हराएको केही दिनपछि खोजी गर्दा पोखरीमा उनको शव देखिएको थियो। घटनाबारे प्रहरीलाई जानकारी गराइएको छ, र आवश्यक अनुसन्धान भइरहेको छ। हाल मृतकलाई शव परिक्षनकोलागी प्रादेशिक अस्पताल सिरहामा लगेको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धानपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने बताएको छ। यस घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ।
Your email address will not be published. Required fields are marked *