गरिवको जग्गा माफियालाई जिम्मा लगाउन सरकारले अध्यादेशमार्फत भुमि ऐन ल्याएको हो : इन्चार्ज यादव

  • star khabar
  • ४ महिना अगाडि
  • २४ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

फागुन- ७सिरहा।
ज्ञान कुमार राय

नेकपा (माओवादी केन्द्र)का उप–महासचिव तथा मधेश प्रदेश इन्चार्ज मात्रिका प्रसाद यादवले सरकारले ल्याएको भूमि सम्वन्धि अध्यादेश ‘माफियालाई जग्गा बुझाउने’ योजनासहित ल्याएको बताएको छ। प्रेस सेन्टर, नेपाल सिरहाले गोलबजारमा बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सरकाले गरिवको जग्गा माफियालाई जिम्मा लगाउने योजनासहित भुमिसम्वन्धि अध्यादेश ल्याएको बताएको हो।

उनले वर्तमान निर्वाचन प्रणालिले पनि जनप्रतिनिधी भ्रष्ट भएको बताए। ‘भ्रष्टाचार नियन्त्रण, माफियातन्त्र अन्त्य र शुशासनको निमित्त सामानुपातिक निर्वाचन प्रणालि आवश्यक छ; नेता यादवले भने, ‘चुनावमा मासुभात खुवाएर कोही पनि जोगि हुन निर्वाचन चुनाव लड्दैन, त्यसैले पूर्ण सामानुपातिक निर्वाचत प्रणालिलेमात्र भ्रष्टचार अन्त्य अन्त्य सम्भव छ।’

नेता यादवले देशलाई नयाँ दिशादिन नेकपा (माओवादी केन्द्र)लाई बहुमतसहित सरकारमा पुर्याउनु पर्ने बताए। आगामी निर्वाचनमा त्यो सम्भव भएको पनि जिकिर गरे। उनले भने, ‘हाम्रो पार्टीमा नेतापनि धेरै हुनुहुन्छ। कार्यकर्तापनि हुनुहुन्छ। जनताले पनि माँया गरेकै हुन्। मात्र जनतासँग जोडिनु पर्ने कामलाई निरन्तरता दिनु आवश्यक छ।त्यो हामी अव विभिन्न अभियानमार्फत गर्दैछौं।’
सोही क्रममा उनले तराई मधेशलाई केन्द्रित गरेर पार्टीले ल्याएको ‘हुलाकी जनजागरण अभिान’मा सवैलाई सरिक हुन आव्हान समेत गरे। इन्चार्ज यादवले मधेश बुझ्न हुलाकी पुग्नै पर्ने जानेरै पार्टीले योेजना ल्याएको बताए।

सोही क्रममा पार्टीका जिल्ला इन्चार्ज तथा केन्द्रियसदस्य अजय शंकर नायकले अभियान सफल बनाउ आजै बसेको जिम्मेवारी बाँडफाट गरेको जानकारी दिए। उनले अभियान अन्तर्गत १६ गते अपरान्ह सिरहाको भगवानपुर अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ आईपुग्ने जानकारी दिए।

उनले १७ गते हुलाकी अन्तर्गत विहान मर्निङ्गवाकसँगै भगवानपुरका नेता कार्यकर्ताहरुसँग भेटघाट तथा छलफल, नवराजपुर बलात्कार पछिको रहस्यमय मृत्यु भएका पीडित परीवार र नेता कार्यकर्तासँग भेटघाट।

उनले अभियानलाई भव्य, सभ्य तथा व्यवस्थित बनाउन विभिन्न समिति तथा उपसमितिहरु निर्माणगरी परीचालन गरिने समेत जानकारी दिए।

प्रेश संगठनका जिल्ला अध्यक्ष रामभरोसी यादवको अध्यक्षतामा सम्वन्न कार्यक्रममा पार्टीका विभिन्न तहका नेताहरुकोसमेत उपस्थिति रहेको थियो।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *