स्टार खबर-फागुन ४- सिरहा।
ज्ञान कुमार राय
राष्ट्रिय समाचार समिति (रासस) को ६४औं वार्षिकोत्सवका अवसरमा "जिम्मेवार पत्रकारिता र राससको भूमिका" विषयक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्ष राष्ट्रिय समाचार समिति (रासस) सिरहा लहानका प्रमुख सुदिप राउत र प्रमुख अतिथि प्रदेशसभा सदस्य राजु गुप्ता विशिष्ट अतिथि लहान नगरपालिकाको नगर प्रमुख महेश चोधरी अतिथिमा सामाजिक आभियन्ता लेखक राजेश विद्रोही र जिल्ला प्रशासन कार्यालय सिराहाका प्रवक्ता वीरेन्द्र पासमान लगायत विभिन्न पत्रपत्रिका सञ्चारकर्मी, सम्पादक, तथा जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास सारडाको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा पत्रकारिता क्षेत्रमा राससको ऐतिहासिक भूमिका रहेको वरिष्ठ पत्रकार अर्जुन थपलियाले बताए । जिम्मेवार पत्रकारिताका चूनौतीहरू तथा भावी रणनीतिबारे पत्रकार थपलियाले आफ्नो धारणा ब्यक्त गरे ।
रासस सिरहा जिल्ला कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा सहभागीहरूले जिम्मेवार पत्रकारिताको आवश्यकतामा जोड दिँदै सन्तुलित, सत्य तथा तथ्यपूर्ण समाचार सम्प्रेषणको महत्वबारे रासस कर्मि एलिना हिङ्ग्माङ्ग आफ्ना धारणा व्यक्त गरिन् ।

नेपालको आधिकारिक समाचार संस्था राससले ६४ वर्षको यात्रा तय गर्दै विश्वसनीय समाचार वितरण गर्दै आएको छ। वार्षिकोत्सवकै अवसरमा संस्थाले आगामी दिनहरूमा अझ प्रभावकारी समाचार सेवा प्रदान गर्ने राष्ट्रिय समाचार समिति (रासस) सिरहा लहानका राउतले प्रतिबद्धता जनाएको छ।
राष्ट्रिय समाचार समिति (रासस) बाट मासिक तिरेर राष्ट्रिय ,अन्तर्राष्ट्रिय, अनलाइन ,पत्रिकाहरुले न्युज खरिद गरी प्रकाशन गरिएको प्रेस सेन्टर नेपालका अध्यक्ष तथा राष्ट्रिय समाचार समितिका सञ्चारकर्मी रामभरोसी यादवले जानकारी दिए ।
सोही अवसरमा अतिथिहरुले संचारको आवश्यकता, महत्व र भुमिका बारेमा चर्चा गरेका थिए।

Your email address will not be published. Required fields are marked *