सिरहा, १ फागुन।
स्टार खबर
सिरहाको गोलबजार नगरपालिका-४ स्थित शिव मन्दिर क्षेत्रबाट प्रहरीले तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले मंगलबार राति ११:१० बजे क्याम्पस रोड हुँदै शिव मन्दिरतर्फ जाँदै गरेको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार स.३ प. ६३४४ नम्बरको डिस्कभर १२५ सीसी मोटरसाइकलमा सवार तीन जनालाई चेक जाँच गर्दा उनीहरूलाई लागुऔषधसहित फेला पारिएको हो।
पक्राउ पर्नेहरूमा गोलबजार-७ का २० वर्षीय पंकज मण्डल, गोलबजार-६ का २८ वर्षीय अरविन्द सिंह दनुवार, र सोही वडाका २६ वर्षीय रबिन मुखिया रहेका छन्। मुखियाले लगाएको पहेँलो ज्याकेटको खल्तीबाट १ ग्राम १९० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।
हाल उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवनले जानकारी दिएको छ।
Your email address will not be published. Required fields are marked *