फाल्गुन -१ सिरहा।
ज्ञान कुमार राय
नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य जगतप्रसाद यादवले जनयुद्धका उपलब्दीहरु रक्षागर्न सम्पूर्ण माओवादीहरु एक हुनुपर्नेमा जोड दिएका छन्।
सिरहाको गोलबजारमा ३० औं जनयुद्ध दिवसको अवसरमा आयोजित कोणसभालाई सम्वोधन गर्दै मधेशी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय संयोजसमेत रहेका यादवले जनयुद्धका उपलब्धीहरुलाई रक्षागर्दै थप उपलब्धीका लागि एकजुट हुनुपर्ने बताएका हुन्।
पार्टीले चलाएको १० वर्षे जनयुद्धको बलमा मधेशी, महिला, मुस्लिम, दलित, गरिव विपन्नहरुले प्राप्त गरेको सिमित अधिकारमाथि पनि प्रतिकृयावादीहरुले धावाबोल्ने प्रयास गरिरहेको बताउँदै केन्द्रिय सदस्य यादवले भने, ‘जनयुद्धकै बलमा आज सम्पूर्ण स्वसित पीडित समूदायले पाएको अधिकार खोसिने सम्भावना भईरहेको छ।
जनयुद्धबाट प्राप्त उपलब्धीहरुमाथि शासकहरुले हमला गर्दै छ। उपलब्धीहरु खोसीदै गएको छ। त्यसैले हामीले जनताका प्राप्त उपलब्धीहरु रक्षाकालागि एक जुट हुनु आवश्यक छ।’
प्राप्त उपलब्धी जोगाउँदै थप उपलब्धीकालागि एक जुट भएर जनयुद्धको दिशामा आगाडी बढ्ने बेला फेरी आईसकेको केन्द्रिय सदस्य यादवले जिकिर गरे। उनले भने, ‘हिजो हामी बन्दुक बोकेर युद्धमा हिडेका थियौं। आज व्यालेटबाट जनताको मन जित्न एकजुट भएर जनताको माझमा जानु पर्छ।’
जनयुद्धका प्राप्त उलब्धी, महान सहिदहरुले देखेका समाजवादको सपना पुरागर्न स्थानीय देखि संघसम्मको सरकारमा माओवादीलाई पठाउन जनताले मदत गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘अव देशलाई विकास, समृद्धि र समाजवादको दिशामा अगाढी बढाउने माओवादीको खाचो छ। त्यसैले आम जनतालाई पार्टीलाई सत्तामा पुर्याएर जनयुद्धका उपलब्धी, महानसहिदहरुले देखेका समाजवादको सपना पुरा गर्ने जिम्मा जनताको काँधमा छ। जनताले पनि यो कुरालाई महसुस गरिसकेका छन्।’
गोलबजार नगरपालिकाका पूर्व मेयर देवनाथ साहले जनताका उपलब्धीहरु रक्षागर्न माओवादी एक पटक फेरी जुरमुराउनु पर्ने बेला आईसकेको बताए। उनले अहिलेको व्यथितीहरुले जनता निराश भएको बताउँदै जनताको भावना अनुसार माओवादीहरु एक जुटभएर जनतामाझ जानुपर्ने बताए।
३० औं जनयुद्ध दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) गोलबाजर नगर कमिटीले नारा जुलुस सहित बजार परीक्रमा गरेका थिए। परिक्रमा पश्चात मुख्य चोकमा कोणसभाको आयोजना गरिएको थियो।
Your email address will not be published. Required fields are marked *