सिरहा:इलाका प्रहरी कार्यालय बिष्णुपुरका इन्चार्जको चरित्रमाथि प्रश्न

  • star khabar
  • ४ महिना अगाडि
  • २१ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

स्टार खबर-२९ माघ- सिरहा।
सोनु मिश्र

सिरहाको बिष्णुपुर इलाका प्रहरी कार्यालयका इन्चार्ज बैजनाथ यादव घुसकै कारण पटक–पटक बदनाम हुँदै आएका छन्। बारम्बार सरुवा गरिए पनि उनको आचरणमा कुनै सुधार नआउँदा आम नागरिक र व्यवसायी हैरान छन्।

बिष्णुपुरमा आएको दिन देखि यादवमाथि व्यापारीहरूबाट अवैध असुली, स्थानीय नागरिकमाथि दबाब, र मुद्दा मिलाइदिने नाममा घुस लिएको गम्भीर आरोप लागेको छ।
प्रहरी संगठनभित्र पटक–पटक उनको बदनाम इतिहास रहँदै आए पनि कारबाहीको दायरामा नपर्नु गम्भीर विषय बनेको छ।

स्थानीयहरू असन्तुष्ट

स्थानीय व्यवसायी र सर्वसाधारणले यादवको गतिविधिप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन्। “हामीले सुरक्षाकालागि प्रहरीमा भर पर्नुपर्ने, तर उल्टै प्रहरीकै कारण असुरक्षित महसुस गरिरहनुपरेको छ,” बिष्णुपुरका एक व्यापारीले गुनासो गरे।

स्थानीयहरूका अनुसार यादव व्यवसायीहरूबाट महिनावारी रकम असुल गर्ने, गाडी चालकहरूसँग अवैध रूपमा पैसा उठाउने, र कानुनी कारबाहीबाट जोगाउन निश्चित व्यक्तिहरूसँग सेटिङ मिलाउने जस्ता कार्यमा संलग्न छन्।

पटक–पटक सरुवा, तर सुधार छैन

सिरहा जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयमा काम गरिसकेका यादवको विगत पनि विवादास्पद रहेको स्रोतहरू बताउँछन्। बदमासीका कारण उनलाई पटक–पटक सरुवा गरिए पनि उनी जहाँ गए पनि उस्तै गतिविधि दोहोर्‍याउने गरेको स्थानीयहरु बताउँछन्।

एक स्थानीय अभियन्ताले भने, “सरुवा मात्र समाधान होइन, भ्रष्ट प्रहरीमाथि कडा कारबाही हुनुपर्छ। हरेक ठाउँमा गएर उस्तै व्यवहार गरिरहने प्रहरीलाई कारबाही नगरिएसम्म भ्रष्टाचार अन्त्य हुँदैन।”

प्रहरी प्रशासनको मौनता

यादवविरुद्ध बारम्बार गुनासो उठे पनि सिरहा प्रहरी प्रशासन मौन देखिएको छ। प्रहरी संगठनभित्रै यस्तो प्रवृत्तिका कारण नागरिकमा प्रहरीप्रति विश्वास घट्दै गएको स्थानीयको भनाइ छ।

यस विषयमा सिरहा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सँग बुझ्दा उनले भने “हामीले यादवविरुद्ध आएका गुनासाहरूको विश्लेषण गरिरहेका छौं। यदि उनी दोषी पाइए भने आवश्यक कारबाही हुन्छ,”भनी बताए।

स्थानीयहरूको माग – कडा कारबाही होस्

बिष्णुपुरका स्थानीयले यादवलाई निलम्बन गरी भ्रष्टाचारको छानबिन गर्न माग गरेका छन्। “सिर्फ सरुवा गरेर मात्रै हुँदैन, यस्तो प्रहरीमाथि ठोस कारबाही हुनुपर्छ,” एक स्थानीय अगुवाले भने।

यदि प्रहरी संगठनभित्रै सुधार नआए, भ्रष्ट प्रहरीमाथि कारबाही भएन भने जनताले न्याय पाउने आशा गर्न नसकिने स्थानीयको भनाइ छ।साथै बजारमै पटकपटक चोरीपैठारी भए पनि केही मतलब न राखेको छ। बिष्णुपुरका नागरिकले न्यायका लागि प्रहरी प्रशासन र सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएका छन्।

(भिडियो र प्रमाण सुरक्षित छ)

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *