स्टार खबर ,२५ माघ-सिरहा।
सिरहाको अर्नमा गाउँपालिकाको आयोजनामा संचालित प्रथम अध्यक्ष फुटवल गोल्ड कप- २०८१ को बिहीवार गाउँपालिका अध्यक्ष अशोक कुमार यादबले उद्घाटन गरेका छन।

स्वस्थ र ऊर्जावान युवालाई पालिकाको पहिचान सँग जोडन् अध्यक्ष फुटवल गोल्ड कप संचालन गरिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत द्रोपती कुमारी यादबले बताइन् ।

उद्घाटन खेल धर्मपुर गोलबजार र लहान फुटवल क्लव लहान बिच भएका थिए । पहिलो दिनको खेल पेनाल्टी सुटआउटका मदतले धर्मपुरलाई पराजित गर्दै लहान विजय भएको थियो ।

खेलको म्यान अफ द म्याच लहानका गोल्ड किपर जय कुमार यादब भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शोभा कुमारी साह लगायत सबै वडाका वडाअध्यक्षहरु र विभिन्न पार्टिका प्रतिनिधिहरुको सभागिता रहेका थिए ।

खेलमा सिरहाका जम्मा ८ वटा टिम सहभागि भएका छन् । फाइनल खेल फाल्गुन २ गते हुनेछ । खेलको प्रथम विजेताले रु. ५० हजार नगद र उपविजेता रु. २५ हजार नगद र ट्फी दुवै प्रदान गरिने आयोजकले बताए ।

Your email address will not be published. Required fields are marked *