"जबरजस्ती करणी" मुद्दा तथा "विधुतिय कारोबार ऐन अन्तर्गत कसुर" मुद्दाको फरार प्रतिवादी पक्राउ

  • star khabar
  • ४ महिना अगाडि
  • २९ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

स्टार खबर,माघ २५-सिरहा।

जबरजस्ती करणी मुद्दा तथा विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूर मुद्दाका फरार प्रतिवादी नेपाल विद्युत प्राधिकरण ,सिरहा वितरण केन्द्रका एक कर्मचारीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

उदयपुर जिल्लाको लिम्चुङबुङ गाउपालिका -४ बस्ने बर्ष ३१ को बिश्वराज राईलाई बिहिवार सिरहा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला २६ परीबर्तित नाम गौसला( ३६ )०८१/८२ जाहेरीले बिधुतिय कारोवार ऐन अन्तर्गत कसुर मुद्दाको अनुसन्धानको क्रममा वारदात पश्चात् फरार रहेको प्रतिवादिलाइ सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ गर्नको लागि पक्राउ अनुमति पत्र समेत प्राप्त भइ आएकोले खोजतलास गर्ने क्रममा मिति २०८१ माघ २४ गते १२ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले गोप्य सुचनाको आधारमा जिल्ला सिरहा सिरहा नगरपालिका -७ हेमनारायण चौक स्थितबाट फेलापारी पक्राउ गरि आबश्यक कार्बाहिको लागि नेपाल प्रहरी प्रधान कार्यालय भोटाहिटी काठमाडौं साइवर ब्युरो शाखा पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रबक्ता विरेन्द्र कुमार पासवानले जानकारी दिए ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *