
स्टार खबर ,माघ-२३ सिरहा ।
सिरहाको लहानस्थित रहेको एक सुनचाँदी पसलमा डकैती गर्ने योजना बनाउने १ भारतिय सहित ३
जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
सिरहाको लहान नगरपालिका वडा नम्बर ७ बस्ने स्थानीय सुनचाँदी व्यवसायी विकास कुमार शारडाको जाहेरीले ४ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाले गएराती नै सिरहाको सुखिपुर नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष ४५ को ईन्दल भन्ने इन्द्र नारायण चौधरी, लहान नगरपालिका वडा नम्बर २२ बस्ने वर्ष ३१ को भैरव भन्ने देव कुमार मुखिया र छिमेकी मुलुक भारतको पश्चिम बंगाल जिल्ला हुगली ग्राम पञ्चायत भगबतीपुर वडा नम्बर ७ बस्ने निरोज भन्ने मेहराज मोन्डललाई पक्राउ गरेको हो ।
लहान नगरपालिका वडा नम्बर ७ लहान बजार स्थितमा विकाश ट्रेडर्स (सुन चाँदी पसल) मा डाँका गर्ने योजना बनाएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार पासवानको कमाण्डमा खटीएकोको विशेष प्रहरी टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।
लहान नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष ४१ को दिनेश विश्वकर्मालाई मँगलबार नियन्त्रणमा लिई सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।
Your email address will not be published. Required fields are marked *