महाकुम्भबाट फर्किदै गरेकाे जीप दुर्घटनामा, महोत्तरीका ५ जनाको मृत्यु, ४ घाइते

  • star khabar
  • ४ महिना अगाडि
  • १५ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

स्टार खबर- माघ १९, महोत्तरी ।

भारतमा जारी प्रयागराज महाकुम्भ मेलाबाट फर्किदै गरेकाे स्क्रपीयो गाडी दुर्घटना हुँदा महोत्तरीका एकै परिवारका चार जना सहित पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४ जना नेपाली घाइते भएका छन् ।

बिहार प्रहरीका अनुसार बि.आर.३२ पि.ए ४६६१ नम्बरको जीपले विपरीत दिशा बाट आउदै गरेको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको देखिएको छ ।

महाकुम्भमा स्नान गरेर फर्कीदै गरेका महोत्तरी मनराशिस्वा २ कट्टी निवासी ५० वर्षिया मनतारन देवी, ६० वर्षीय बालकृष्ण झा, ५५ वर्षिया इन्दु देवी झा, ३० वर्षीया अर्चना झा रहेका छन् भने अर्का मृतक चालकको पहिचान खुल्न नसकेको बिहार प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेभएका ३० वर्षिय मनोहर कुमार झा, २५ वर्षिया कामिनी झा, ७ वर्षीया सृष्टि ठाकुर,५० वर्षीया जगतारन देवीको एसकेएमसिएच मुजफ्फरपुरमा उपचार भैरहेको जनाईको छ ।

उनीहरु स्नान गरेर फर्कीदै गर्दा बिहारको मुजफ्फरपुर सदर थाना क्षेत्र मादापुर नजिक शनिबार बिहान दुर्घटना भएको थियो ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *