सिरहा: ब्राउन सुगर सहित दुई युवक पक्राउ

  • star khabar
  • ४ महिना अगाडि
  • १५ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

स्टार खबर
माघ -१० सिरहा।

सिरहाबाट लागु औषध ब्राउन सुगर सहित दुई युवक पक्राउ परेका छ्न।
सिरहा नगरपालिका-१७ भन्सार गेट छेउबाट प्रहरीले चेकजाँच क्रममा दुई जनालाई लागूऔषधसहित पक्राउ गरेका छन्।

गोलबजार नगरपालिका-७ हृदय सिंह र वडा-८ का धर्मेन्द्र यादवल‍ाई लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहा प्रवक्ता डीएसपी विरेन्द्र पासवानले जानकारी दिए।

उनीहरु जयनगर (भारत)बाट माडरतर्फ प्रदेश ३-०३-००१ प ९८३६ नम्बरको पल्सर मोटरसाइकलमा आएका थिए। शंका लागेपछि चेकजाँच गर्दा मोटरसाइकल चालक सिंहले लगाएको पेन्टको गोजीमा लुकाई छिपाई राखेको अवस्थामा ब्राउन सुगरजस्तो देखिने पदार्थ प्लाष्टिकसहित तौल गर्दा ५ ग्राम २०० मिलिग्राम फेला परेको हो।

सिंह र सोही मोटरसाइकल पछाडी सवार गोलबजार नगरपालिका-८ का २२ वर्षीय धर्मेन्द्र यादवलाई मोटरसाइकलसहित नियन्त्रणमा कारबाही प्रहरीले अगाडि बढाएको छ। अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *