सिरहा :शुभकार्य कृषि सहकारी संस्था लि.ले आठौं वर्ष पूरा गरी ९औं वर्षमा प्रवेश

  • star khabar
  • ४ महिना अगाडि
  • १६ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

ज्ञान कुमार राय
पौष -२९ सिरहा ।

सिरहाको मिर्चैया बजारमा अवस्थित रहेको शुभकार्य कृषि सहकारी संस्था लिमिटेडले आठौं वर्ष पूरा गरी ९औं वर्षमा प्रवेश गरेको
छ ।
आठौं वर्ष पूरा गरेको अवसरमा शुभकार्य कृषि सहकारीले सोमबार मिर्चैयामा भव्यतापूर्वक साधारणसभा गरेको छ ।

मिर्चैया क्षेत्रमा लोकप्रियता कमाएको यो सहकारी अहिले सम्ममा २० करोडबढीको कारोवार गरेको छ । स्थापनाकालदेखि अहिलेसम्ममा २० करोड ८६ लाख २६ हजार ६ सय २५ रुपैयाँको कारोबार भएको सहकारीले जनाएको छ ।

सहकारीका अनुसार, यस संस्थाको अहिले ऋण प्रवाह भएको रकम १५ करोड ७३ लाख १२ हजार एक सय ५ रुपैयाँ छ । यस्तै, सर्वसाधारणले बचत गरेको रकम १४ करोड ५६ लाख ५० हजार ९ सय ९ रुपैयाँ रहेको सहकारीका सचिव रामरतन यादवले जानकारी दिए ।

यसैगरी, सहकारीले मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका मिर्चैयाका होटल व्यावसायी मनोज कुमार साहको ४ लाख ५० हजार रुपैयाँ ऋण पनि मिनाहा गरेको छ ।
परिवारका सदस्य गुमाएका सहकारीका ४ जना सदस्यलाई ५ हजार एक सय ७५ रुपैयाँका दरले क्रिया खर्चसमेत प्रदान गरिएको छ ।

साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवणकुमार यादवले भने "अहिले देशभरका सहकारी संकटग्रस्त रहेको अवस्थामा यो सहकारीले प्रगति गरिरहेको भन्दै प्रशंसा गरेका छन् ।"

सहकारी ग्रामिण क्षेत्रको वित्तीय चेतना र आर्थिक विकासको मजबुत माध्यम भएको जनाउँदै नियत ठीक राखेर इमान्दारीपूर्वक सहकारी सञ्चालन गरिए सकारात्मक परिणाम दिने नगर प्रमुख यादवको भनाइ छ ।

कार्यक्रममा संस्थाको सम्पुर्ण शेयर धनी, बुद्धिजीवी ,प्रहरी ,पत्रकारहरुको सहभागिता रहेको थियोे ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *